6 years ago
January 28, 2019
एजेन्सी – एसियन पावर हाउस जापान एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । जापानले इरानलाई ३–० ले पराजित गर्दै एसियन कपको उपाधिनजिक पुगेको हो ।
संयुक्त अरब इमिरेट्स (युएईं) स्थित हाज्जा विन जायद स्टेडियममा सोमबार राति भएको खेलमा जापानलाई जिताउन युया ओसाकोले २ तथा जिन्की हारागुचीले एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा जापानले उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गर्न सफल भयो ।
५६औं मिनेटमा युया ओसाकोको गोलबाट जापानले खेलमा अग्रता बनाएको थियो । युयाले ताकुमी मिनामिनोको पासमा गोल गरेका थिए । ६७औं मिनेटमा युयाले पेनाल्टीमार्फत गोल गर्दै जापानलाई २–० को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ताकुमी मिनामिनोको पासमा जिन्कीले गोल गर्दै ३–० को जित दिलाए ।
अब जापानले उपाधिका लागि कतार र आयोजक युएईंबीचको विजेतासँग १ फ्रेब्रुअरीमा प्रतिस्पर्धा गर्नेछ । कतार र युएईंबीचको खेल मंगलबार राति ७ः४५ बजे हुनेछ ।
जापान एसियन कपको सर्वाधिक सफल टोलीले जापानले चारपटक एसियन कपको उपाधि जितेको छ । जापानले १९९२, २०००, २००४ र २०११ म एसियन कपको उपाधि जितेको थियो ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]