default_image

6 years ago

January 28, 2019

चेल्सी एफए कपको पाँचौ चरणमा, टोटेनहम स्तब्ध

70 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश गर्दा टोटेनहम हस्टपर क्रिस्टल प्यालेससँग स्तब्ध बनेको छ ।

चेल्सीले घरेलु मैदानमा च्याम्पियनसिप क्लब सेफफिल्ड वेननस्डेलाई ३–० ले पराजित गर्दै एफए कपको पाँचौ चरणमा प्रवेश गर्न सफल भएको हो । चेल्सीको जितमा ब्राजिली विलियनले दुई तथा हड्सन ओडोईले एक गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलमा चेल्सीले २६औं मिनेटमा विलियनको गोलबाट अग्रता बनाएको थियो । सेसरलाई फल गरेपछि प्राप्त पेनाल्टीमा विलियनले गोल गरेका थिए ।

६४औं मिनेटमा हड्सन ओडोईले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनायो । उनले आन्द्रियस क्रिसटेन्सेनको पासलाई गोलमा परिणत गरेका थिए । ओलिभर जिरुउडको पासमा ८३औं विलियनले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै चेल्सीलाई ३–० को जित दिलाए ।

एफए कपको अर्काे खेलमा टोटेनहम हस्टपर क्रिस्टल प्यालेससँग २–० ले स्तब्ध बन्यो । टोटेनहमलाई स्तब्ध बनाउन कोनोर विकहम र एन्ड्रोस टाउनसेन्डले गोल गरे । खेलभर टोटेनहमले दवाव बनाएपनि गोल गर्न असमर्थ बन्यो ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.