6 years ago
January 27, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जिरोनालाई पराजित गरेको छ । बार्सिलोनाले १० खेलाडीमा समेटिएको जिरोनालाई २–० ले पराजित गरेको हो ।
जिरोनाको मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन नेलसन सिमेडो र कप्तान लियोनेल मेस्सीले गोल गरे । दुई गोल पहिलो र दोस्रो हाफमा सम्भव भएको थियो ।
नेल्सन सिमेडोको गोलबाट बार्सिलोनाले खेलको नवौं मिनेटमा अग्रता बनाएको थियो । इभान राकिटिकले क्रस गरेको बललाई सिमेडोले गोलमा परिणत गरेका थिए ।
बार्सिलोनालाई दोस्रो हाफको सुरुमै फाइदा भयो । ५१औं मिनेटमा जिरोनाका बर्नाडो दोहोरो पँहेलो कार्ड खादै मैदान बाहिरिएपछि बार्सिलोनाको त्यसको फाइदा उठायो । ६८औं मिनेटमा जोडी अल्वाको पासमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–० को जित सुनिश्चित गरे । उनले गोलरक्षकलाई उत्कृष्ट चिप प्रहार गर्दै गोल गरेका थिए ।
जितसँगै बार्सिलोनाले शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ । बार्सिलोनाको २१ खेलबाट ४९ अंक पुगेको छ । समान खेलबाटै बार्सिलोनालाई पछ्याइरहेको एट्लेटिको मड्रिडको ४४ अंक रहेको छ । जिरोना २४ अंक जोडेर १३औं स्थानमा छ ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]