6 years ago
January 27, 2019
एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान र नेपोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । मिलानको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जन गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा अंक बाड्न बाध्य भए ।
खेलको छैटौं मिनेटमा नेपोलीका ड्रिज मर्टेन्सले गोलको सुन्दर मौका खेर फालेका थिए । २३औं मिनेटमा घरेलु टोलीका सुसो प्रहार क्रसबारमा लाग्दै बाहिरियो । ६४औं र ६७औं मिनेटमा नेपोलीका जिलिन्स्कीको दुई प्रहारलाई मिलानका गोलरक्षक जियानलुजी डोनररुम्माले बचाइदिए ।
दुई दिनअघि मात्रै लोनमा मिलान पुगेका पियाटिकले ७६औं मिनेटमा गोलको सुन्दर मौका खेर फाले । ७९औं मिनेटमा पियाटिकको हेडरमा डिफेन्डर मुसाचियोले गोल गर्न सकेनन् । ८७औं मिनेटमा मिलानका गोलरक्षकले जेलिन्स्कीको प्रहारलाई विफल पारिदिए ।
खेलको अन्त्यतिर नेपोली १० खेलाडीमा समेटियो । फावियन दोहोरो पँहेलो कार्ड खादै इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मैदानबाट बाहिरिएको थिए ।
बराबरीपछि नेपोलीले शीर्षस्थानमा रहेको युभेन्टससँगको अंक दुरी कम गर्ने मौका गुमायो । नेपोली २१ खेलबाट ४८ अंकसहति दोस्रो स्थानमा छ । मिलान ३५ अंक जोडेर चौथो तथा इन्टर मिलान ४० अंक जोडेर तेस्रो स्थानमा छ । युभेन्टस ५६ अंकसहित सिरी ‘ए’ को शीर्षस्थानमा रहेको छ ।
March 17, 2025
एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]
March 17, 2025
एजेन्सी – स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । सोमवार बिहान सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ४-२ ले पराजित गरेको हो । यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै बार्सिलोना तथा रियल मड्रिडसँग अंक दुरी कम गर्ने मौका एट्लेटिकोले गुमाएको छ । एट्लेटिको घरेलु मैदानमा […]
March 17, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ। फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि असिस्ट गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हराएको छ। युनाइटेड लिगका पछिल्ला चार खेलमा अपराजित रह्यो । किंग पावर स्टेडियम मा हारपछि लेस्टरको शीर्ष […]