default_image

6 years ago

January 27, 2019

फराकिलो जितसँगै डर्टमुन्डलाई ९ अंकको अग्रता

81 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा रहेको बोरुसिया डर्टमुन्डले ९ अंकको अग्रता बनाएको छ । बुन्डेस लिगा अन्तरगत शनिबार राति भएको खेलमा ह्यानोभर ९६लाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै डर्टमुन्डले ९ अंकको अग्रता बनाउन सफल भएको हो ।

डर्टमन्डको २१ खेलबाट ४८ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बोरुसिया मोन्चेन्ग्लाडबाकको समान खेलबाट ३९ अंक रहेको छ । एक खेल कम खेलको साविकको विजेता बायर्न म्युनिखको ३९ अंक नै छ ।

घरेलु मैदान सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा डर्टमुन्डलाई फराकिलो जित दिलाउन आचरफ हाकिमी, मार्काे रिउस, मारियो गोट्जे, राफायल गुरेरियो र एक्सेल विटसेलले गोल गरे । पराजित टोलीका लागि मार्भिन बाकालर्जले सान्त्वना गोल फर्काए ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा घरेलु टोलीले १–० को अग्रता बनाएको थियो । डर्टमन्डका आचरफ हाकिमीले खेलको २४औं मिनेटमा राफयल गुरेरोको पासमा गोल गरेका थिए । ६०औं मिनेटमा मार्काे रिउसले हाकिमीकै पासमा गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर बनाए । त्यसको दुई मिनेट पछि नै जाडन सान्चोको पासमा मारियो गोट्जेले गोल गर्दै डर्टमन्डलाई ३–० को अग्रता दिलाए ।

६७औं मिनेटमा राफायल गुरेरोले मार्काे रिउसको पासलाई सदुपयोग गरेपछि डर्टमन्ड ४–० ले अघि बढ्यो । ८६औं मिनेटमा मर्भिन बाकालर्जले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । तर, खेलको ९०औं मिनेटमा एक्सेल विटसेलले गोल गर्दै डर्टमन्डलाई ५–१ को फराकिलो जित दिलाए ।

डर्टमुन्डसँगको हारसँगै ह्यानोभर ११ अंक जोडेर रेलिगेसन जोनको १७औं स्थानमा रहेको छ ।

बुन्डेस लिगाका अन्य खेलका नतिजाहरु
हर्था बर्लिन विरुद्ध साल्के (२–२)
बोरुसिया मोन्चेग्लावाच विरुद्ध अग्सवर्ग (–०)
फ्रेइवर्ग विरुद्ध होफेनाइन (२–)
मेइन्ज विरुद्ध नर्नवर्ग (–१)
वल्सवर्ग विरुद्ध बायर लिभरकुसेन ( ०–)
वेर्डेर ब्रेमेनविरुद्ध फ्रान्कफर्ट (२–२)

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.