default_image

6 years ago

January 26, 2019

एट्लेटिकोले बार्सिलोनासँगको दुरी २ मा छोट्यायो

98 views

0 Bookmark

एजेन्सी – एट्लेटिको मड्रिडले गेटाफेलाई २–० ले पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दुरी २ मा झारेको छ ।

एट्लेटिकोको २१ खेलबाट ४४ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ४६ अंक रहेको छ । बार्सिलोनाले आइतबार राति जिरोनासँग प्रतिस्पर्धा गर्दैछ ।
घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एट्लेटिकोलाई जिताउन एन्टोइन ग्रिजमन र साउल निग्वेजले गोल गरे । थोमसको पासमा एन्टोइन ग्रिनमनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा साउलले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनायो ।

दोस्रो हाफमा घरेलु टोलीले बल पोजेसन राखेपनि थप गोल गर्न नसक्दा पहिलो हाफको दुई गोल नै एट्टिकोको जितमा पर्याप्त बन्यो । खेलको अन्त्यतिर गेटाफे ९ खेलाडीमा समेटिएको थियो । गेटाफेका डिज्ने ८८औं मिनेटमा दोहोरो पहँेलो कार्ड तथा इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लियान्द्रो कावारेरा दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । एट्लेटिकोसँगको हारपछि गेटाफे ३१ अंक जोडेर छ्रैटौ स्थानमा रहेको छ ।

शनिबार राति नै भएको खेलमा सेभियाले लेभान्टेलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै ला लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ । सेभियाले रियल मड्रिडलाई पछि पारेको हो । सेभियाले रियलसँगको अंक बराबरी गरेपनि हेड टु हेडमा तेस्रो स्थानमा उक्लिएको हो । सेभिया र रियलको समान ३६ अंक छ । रियले एक खेल कम खेलेको छ ।
सेभियाको फराकिलो जितमा विसाम विन यडर, आन्द्र सिल्भा, फ्रान्को भाज्क्वेज, पाब्लो साराविया र क्वीन्सी प्रोमेसले गोल गरे ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.