default_image

6 years ago

January 26, 2019

आर्सनललाई हराउँदै म्यानचेस्टर युनाइटेड एफए कपको पाँचौ चरणमा

80 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनललाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको पाँचौ चरणमा प्रवेश गर्न सफल भएको छ ।

शुक्रबार राति भएको चौथो चरणको खेलमा युनाइटेडले आर्सनललाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै एफए कपको पाचौ चरणमा पुग्न सफल भएको हो । युनाइटेडको सहज जितमा एलेक्सिस साञ्चेज, जेसे लिङ्गार्ड र एन्थोनी मार्सियलले गोल गरे । आर्सनलका पिएरे इम्रिक औवामियाङले गोल गरे ।

रोमेलु लुकाकुको पासमा एलेक्सिस साञ्चेजले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै लुकाकुकै पासमा जेसे लिङ्गार्डले गोल गरेपछि युनाइटेडले २–० को अग्रता बनायो ।

४३औं मिनेटमा पिएरे इम्रिक औवामियाङले गोल गर्दै आर्सनललाई खेलमा फर्काउने संकेत दिएका थिए । उनले एलेक्जेन्डर लाकाजेटको पासमा गोल गरेका थिए । तर, ८२औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई ३–१ को सहज जित दिलाए ।

अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको प्रशिक्षणमा युनाइटेडको यो शतप्रतिशत आठौं जित हो ।
शुक्रबार राति नै भएको अर्काे खेलमा ब्रिस्टल सिटीले बोल्टन वन्डरसलाई २–१ ले पराजित गर्दै पाचौ चरणमा पुग्न सफल भयो ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.