default_image

6 years ago

January 25, 2019

दक्षिण कोरियालाई हराउँदै कतार सेमिफाइनलमा

118 views

0 Bookmark

एजेन्सी – एसियाको हेभीवेट टोली दक्षिण कोरियालाई पराजित गर्दै कतार एएफसी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । जाएद स्पोर्ट्स सिटी रंगशालामा कतार १-० ले विजयी हुँदै पहिलोपटक सेमिफाइनल पुगेको हो ।

Korea Republic vs Qatar during their AFC Asian Cup UAE 2019 Quarter-finals match at Zayed Sports City stadium on 25 January 2019, in Abu Dhabi, UAE. Photo by Stringer / Lagardere Sports

कतारको जितमा ७८ औं मिनेटको गोल नै निर्णायक सावित भयो । कतारका लागि अब्दुलाजिज हातेमले ३० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । कोरियाली स्टार ह्युङ मिन सनको नेतृत्वमा रहेको दक्षिण कोरियाले पहिलो हाफमा एकतर्फी दबाब दिएपनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा अड्किएको थियो ।

दोस्रो हाफमा पनि कोरियाले अवसर सदुपयोग गर्न नसक्दा कतारले अग्रता लिएको थियो । कतारले अग्रता लिएलगत्तै कोरियाका ह्वाङ उइ-जोले गोल गरेपनि रेफ्रीले त्यसलाई अफसाइडको निर्णय दिएका थिए ।

कतारले अब सेमिफाइनलमा अष्ट्रेलिया र अयोअजक यूएईबीचको खेलको विजेतासँग खेल्नेछ । कतारले जारी प्रतियोगितामा लगातार ५ खेलमा जित दर्ता गर्ने क्रममा १२ गोल गर्दै कुनै गोल खाएको छैन ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.