6 years ago
January 25, 2019
एजेन्सी – फ्रेन्च लिग वान क्लब मोनाकोले आफ्नो मुख्य प्रशिक्षक थिएरी हेनरीलाई बर्खास्त गरेको छ । क्लबले बिहीबार राति उनलाई बर्खास्त गरेको हो । हेनरी गत अक्टोवरमा मात्रै क्लबको मुख्य प्रशिक्षक बनेका थिए ।
पछिल्लो समय उनको प्रशिक्षणमा मोनाकोले लगातार खराव प्रशिक्षण गरेपछि क्लबले उनलाई १ सय ४ दिनमै बर्खास्त गरेको हो । मोनाको अहिले फ्रेन्च लिग वानको रेलिगेसनको जोनको १९औं स्थानमा रहेको छ । हेनरीको प्रशिक्षणमा मोनाकोले २० खेल खेल्दा मात्रै ४ खेलमा जित हात पारेको छ ।
इंग्लिस क्लब आर्सनलका पुर्वफरवार्ड हेनरीलाई बर्खास्त गरेसँगै क्लबले क्लबकै पूर्वप्रशिक्षक लियोनार्दाे जर्दिमलाई अनुबन्ध गर्ने तयारी थालेको छ । हेनरीले नै तीन महिनाअघि उनलाई विस्थापित गर्दै तीन वर्षको लागि प्रशिक्षकमा अनुबन्ध भएका थिए ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]