6 years ago
January 25, 2019
एजेन्सी – कप्तान सर्जियो रामोसको दुई गोल मद्दतमा स्पेनिस महारथी रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलको पहिलो लेगमा जिरोनालाई ४–२ ले पराजित गरेको छ ।
घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलले १–० ले पछि परेको स्थिति उल्ट्याएर जिरोनामाथि जित निकाल्न सफल भएको हो । रियलको जितमा कप्तान सर्जियो रामोसले दुई तथा लुकास भास्क्वेज र करिम बेन्जेमा गोल गरे । जिरोनाका एन्थोनी लोजानो र एलेक्स ग्रानेलले गोल गरे ।
घरेलु टोली खेलको सातौ मिनेटमा एन्थोनी लोजानोको गोलबाट पछि परेको थियो । उनले राहुल गार्सियाको पासलाई सदुपयोग गरेका थिए । खेलमा पछि परेपछि रियलले जिरोनाको अग्रतालाई लामो समय टिक्न दिएन । १८औं मिनेटमा लुकास भास्क्वेजले अल्भेरो ओड्रिजोलाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
४२औं मिनेटमा रियलका भिनिसियस जुनियरलाई लोजानोले बक्सभित्र लडाएपछि रियलले पेनाल्टीको मौका पायो । कप्तान सर्जियो रामोसले सदुपयोग गर्दै रियललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । ६६औं मिनेटमा मार्काेस लोरेन्टेले बक्सभित्र ह्यान्ड गरेपछि जिरोनाले पेनाल्टीको अवसर पायो । एलेक्स ग्रानेलले सदुपयोग गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
७७औं मिनेटमा मार्सेलोको फ्रिकिकमा रामोसले हेडरमार्फत गोल गर्दै रियललाई ३–२ ले अगाडी बढाए । त्यसको तीन मिनेटपछि नै भिनिसियस जुनियरको पासमा करिम बेन्जेमाले गोल गर्दै रियललाई ४–२ को जित दिलाए ।
जितसँगै रियलले क्वाटरफाइनलको पहिलो लेगमा अग्रता बनाउन सफल भएको छ । दोस्रो लेग अर्काे साता जिरोनाको घरेलु मैदानमा हुनेछ ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]