6 years ago
January 25, 2019
लन्डन (एजेन्सी)– अल्भारो मोराटोको दबाबकै कारण क्लबले नयाँ स्ट्राइकर क्लबमा भित्र्याउनु परेको चेल्सीका प्रशिक्षका माउरिजियो सारीले बताएका छन् । मोराटाले स्पेनिस क्लब जान चाहेकोले क्लबले अर्को स्ट्राइकर ल्याउन सुझाएको सारीले प्रष्ट पारेका छन् ।
चेल्सीले गोन्जालो हिगुइनलाई ६ महिनाको लोनमा भित्राएको छ । मोराटा पनि ६ महिनाकै लागि एट्लेटिको म्याड्रिडमा लोनमा गएका छन् । दुवैसँग त्यसपछि स्थायी रुपमा क्लबमा स्थायीय रुपमा आबद्ध हुने विकल्प पनि छ ।
‘मलाई लाग्छ मोराटा निकै राम्रा खेलाडी हुन् । मेरो टोलीमा खेल्ने क्षमता उनीसँग छ । तर एक महिना अघि मोराटाले आफुले अन्तैबाट खेल्न चाहेको बताए,’ सारीले भने,‘ जसका कारण मैले उनको मनस्थिति बुझ्दा उनीबाट सतप्रतिशत प्रदर्शन लिने सम्भावना कठिन थियो ।’
मोराटामा अझै महत्वपूर्ण खेलाडी बन्ने क्षमता रहेको सारीको भनाई छ । ‘शारीरिक र टेक्निकल रुपमा उनी निकै राम्रो खेलाडी हुन् र फुटबलका लागि ठिक छन्,’ उनले थपे,‘ तर पछिल्लो महिना परिस्थिति परिवर्तन भयो । त्यसैले हामीले पनि परिवर्तन हुन पर्यो । ’
सन् २०१७ मा रियल म्याड्रिडबाट चेल्सी पुगेयता मोराटाले उच्च प्रदर्शनका लागि संघर्ष गरिहेका थिए । उनले चेल्सीबाट ७२ खेलमा २४ गोल गरे । अर्कोतर्फ हिगुइनको पनि यो सिजन राम्रो हुन सकेको छैन ।
यद्दपी सारीको नेतृत्वमा हिगुइनले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । नेपोलीमा सारीको नेतृत्वमा हिगुइनले उच्च प्रदर्शन गरेका थिए ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]