6 years ago
January 24, 2019
एजेन्सी – अर्जेन्टिना तथा इटालियन सिरी ‘ए’ क्लब युभेन्टसका फरवार्ड गोन्जालो हिगुआइन इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् ।
चेल्सीले अर्जेन्टिनाका ३१ वर्षीय फरवार्ड हिगुआइनलाई ६ महिनाका लागि लोनमा बुधबार राति क्लबमा अनुबन्ध गरेको हो । हिगुआइन सिरी ‘ए’ क्लब युभेन्टसबाट लोनमा एसी मिलानबाट खेल्दै आएका थिए ।
यससँगै हिगुआइनको आफ्ना पूर्व प्रशिक्षक मौरिसियो सार्रीसँग पुर्नमिलन भएको छ । नेपोलीका पूर्व प्रशिक्षक सार्रीकै प्रशिक्षणमा हिगुआइनले उच्च प्रदर्शन गर्दै दुई सिजनमा ३६ गोल गर्न सफल भएका थिए । उनको बुधबार राति नै मेडिकल भएको छ । ढिला गरी चेल्सीसँग सम्झौता गरेका कारण हिगुआइनले कारवाओ कप अन्तरगत टोटेनहमविरुद्धको सेमिफाइनल खेल भने गुमाउने भएको छ ।
चेल्सीमा अनुबन्ध भएसँगै हिगुआइनले चेल्सीमा अनुबन्ध हुन पाउनु र आफ्नो पुर्वप्रशिक्षक सार्रीसाग पुर्नमिलन हुन पाउनु आफ्नो लागि खुशी र गौरवको कुरा रहेको बताएका छन् । ‘आफ्नै मैदान र समर्थक भएको अनगिन्ती इतिहास बोकेको चेल्सीमा अनुबन्ध हुन पाउदा खुशी लागेको छ,’ चेल्सीमा अनुबन्ध भएपछि हिगुआइनले भने, ‘मेरो सपना प्रिमियर लिगमा पनि खेल्ने थियो । यो सपना चेलसीबाट पूरा हुने भएको छ । आफ्नो तर्फबाट क्लबलाई माथि लैजान हर प्रयास हुनेछ ।’
क्लबका प्रशिक्षक मौरिसियो सार्रीले हिगुआइन आफ्नो लागि उत्कृष्ट फरवार्ड रहेको बताए । उनले हिगुआइनको आगमनसँगै चेल्सीको स्ट्राइकिङ लाइन मजवुत रहनेमा विश्वस्त रहेको बताए ।
लामो समय स्पेनिस क्लब रियल मड्रिडमा बिताएका हिगुआइन सन् २०१३ मा इटालियन क्लब नेपोलीमा पुगेका थिए । त्यसपछि उनी सन् २०१६ मा इटालियन महारथी युभेन्टसबाट पनि खेले । रियलका पूर्व सहयात्री क्रिस्टियानो रोनाल्डो यसै सिजन युभेन्टस पुगेपछि उनी लोनमा एसी मिलान पुगेका थिए ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]