6 years ago
January 24, 2019
एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग कप (इएफएल) अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ ।
सिटीले बुधबार राति भएको खेलमा बर्टन अल्वियोनलाई १–० ले पराजित गर्दै कारवाओ कपको फाइनलमा प्रवेश गरेको हो । सिटीले समग्रमा १०–० को जित निकालेको हो । पहिलो लेगमा सिटी ९–० ले विजयी भएको थियो ।
सिटीको जितमा सर्जियो अगुएरो पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको २६औं मिनेटमा रियाद महारेजको पासलाई गोलमा परिणत गरेका थिए । दोस्रो लेगमा बर्टनले सुधारिएको खेल पस्केपनि टिमलाई जिताउन सकेन ।
अब सिटीले उपाधिका लागि चेल्सी र टोटेनहमबीचको विजेतासँग खेल्नेछ । चेल्सी र टोटेनहमको खेल आज राति १ः३० बजे चेल्सीको घरेलु मैदानमा हुनेछ । पहिलो लेगमा टोटेनहम १-० ले विजयी रहेको थियो ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]