6 years ago
January 25, 2019
बार्सिलोना (एजेन्सी)– फिलिपो काउटिन्हो प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेड वा चेल्सी जाने चर्चा हल्ला मात्र भएको क्लबनिकट रहेका गुइलियम बालाग्युले बताएका छन् । बार्सिलोना पनि काउटिन्हो जाउन भन्ने पक्षमा नरहेको बताइएको छ ।
अघिल्लो जनवरीमा लिभरपुलबाट बार्सिलोना पुगेपनि काउटिन्होले सोचे अनुरुपको प्रदर्शन गर्न सकेका छैनन् । यो सिजन २७ खेल खेल्ने क्रममा उनले ६ गोल मात्र गरेका छन् ।
स्पेनमा संघर्ष गर्नु र धेरैले बार्सिलोना छाड्ने चर्चा गरेका काण पनि उनी प्रिमियर लिग फर्कने अनुमान गरिएको छ । तर बालाग्युले भने ब्राजिलियन स्टारले आफ्नो लय पकड्नेमा बार्सिलोना आशावादी रहेको बताएका छन् ।
‘बार्सिलोना उनलाई गुमाउन चाहदैन । कत्ति पनि चाहदैन । उनीहरु काउन्टिहोलाई विक्रि गर्ने प्रस्तावबाट खुसी हुँदैनन्, ‘उनले भने,’ अहिलेको समयमा उनी महत्वपूर्ण खेलाडी हुन् । डेम्बेले घाइते छन् । मात्र यत्ति हो, अहिले उनीबाट उच्च प्रदर्शन भइरहेको छैन । तर, उनी लयमा फर्कनेमा क्लब आशावादी छन् । ‘
‘इंग्लिस प्रेसबाट धेरै खाले कथा आइरहेको छ । उनलाई कहिले युनाइटेडमा त कहिले चेल्सीमा जाने भन्ने हल्ला छ । स्पेनमा भने त्यसको केहि चर्चा आएको छैन,’ बालाग्युले भने, ‘यस्तो अनुमान गर्न सकिन छैन । केहि संचारमध्यम कोउटिन्होलाई दबाबमा पार्न चाहान्छन् । ‘
March 17, 2025
एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]
March 17, 2025
एजेन्सी – स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । सोमवार बिहान सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ४-२ ले पराजित गरेको हो । यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै बार्सिलोना तथा रियल मड्रिडसँग अंक दुरी कम गर्ने मौका एट्लेटिकोले गुमाएको छ । एट्लेटिको घरेलु मैदानमा […]
March 17, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ। फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि असिस्ट गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हराएको छ। युनाइटेड लिगका पछिल्ला चार खेलमा अपराजित रह्यो । किंग पावर स्टेडियम मा हारपछि लेस्टरको शीर्ष […]