6 years ago
January 23, 2019
एजेन्सी – यो सिजन खराव प्रदर्शन गरिरहेको फ्रेन्च लिग वान क्लब मोनाको फ्रेन्च कपबाट बाहिरिएको छ । फ्रेन्च कप अन्तरगत मंगलबार राति भएको खेलमा घरेलु मैदानमा मोनाको दोस्रो डिभिजनको क्लब मेट्जसँग ३–१ ले पराजित हुदै कपको अन्तिम ३२ बाटै बाहिरिएको हो ।
मोनाकोलाई पराजित गर्न गाउथिर हेइन, मार्भिन गाक्पा र इब्राहिमा निएनले गोल गरे । मोनाकोका कप्तान राडामेल फल्काओले गोल गरेपनि टोलीको हार टार्न सकेन । घरेलु मैदानमा मोनाको गाउथिर हेइनको गोलबाट ३२औं मिनेटमा पछि परेको हो । उनले इब्राहिमा निएनको पासमा गोल गरेका थिए । ३९औं मिनेटमा कप्तान राडामेल फल्काओले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । उनले डिजेब्रिल सिदिवेको पासमा गोल गरेका थिए ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपनि दोस्रो हाफमा घरेलु टोलीले बिर्सनलायक प्रदर्शन गर्दै दुई गोल खान पुग्यो । ६२औं मिनेटमा मार्भिन गाक्पाले हेइनको पासमा गोल गर्दै मेट्जलाई २–१ को अग्रता दिलाए । ७४औं मिनेटमा इब्रमहिमा निएनले गोल गर्दै मोनाकोलाई ३–१ ले स्तब्ध बनायो । एक साताअघि मात्रै इंग्लिस क्लब चेल्सीबाट मोनाको पुगेका सेस फाब्रिगास दोस्रो हाफमा मैदान छिरेपनि टिमलाई जिताउन सकेन ।
सन् २०१७ को लिव वान च्याम्पियन मोनाको यो सिजन लिग वानमा १५ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा रहेको छ ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]