6 years ago
January 22, 2019
सुनिल गाउँले
सिमरा – रुस्लान थ्री स्टार क्लब रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सिएमजी क्लब संकटलाई मंगलबार २–० ले हराउँदै थ्री स्टार सिमरा गोल्डकपको अन्तिम चारमा पुगेको हो ।
पहिलो हाफ र दोस्रो हाफमा एक एक गोल गर्दै सुदूरपश्चिम खप्तड गोल्डकपको उपविजेता थ्री स्टार सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा थ्री स्टारले अर्को ए डिभिजन क्लब हिमालयन शेर्पाको सामना गर्ने छ ।
अफ्रिकन खेलाडी फोफाना फोडेले थ्रीस्टारका लागि खेलको १३ औं मिनटमा गोलको खाता खोलेका थिए । रञ्जन विष्टले डिबक्स भित्र निकालेको सुन्दर पासलाई फोडेले गोल गरेका थिए ।
पहिलो रोजाइमा नपरेका सुसान श्रेष्ठले थ्रीस्टारका लागि खेलको ८६ औं मिनेटमा गोल गरेका थिए । सुसान खेलको ७८ औं मिनटमा फोडेको ठाँउमा मैदान प्रवेश गरको थिए । थ्रीस्टारका रुपेश केसीले २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक संकटाका डिफेण्डरले डिबक्सबाट क्लियर गर्न नसक्दा सुसानले त्यसको फाइदा उठाउँदै गोल गरे ।
खेलमा प्राप्त केहि अवसर सदुपयोग गर्न नसक्दा आठौं संस्करणको विजेता संकटा प्रतियोगिताबाट बाहिरियो । पहिलो हाफमा इन्जुरी समयको अन्तिम मिनटमा सरोज दाहालको प्रहार थ्रीस्टारका गोल रक्षक एलन न्यौपानेले रोके ।
सेन्टर लाइनबाट एकल प्रयासमा बल अघि बढाएका सरोजले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार विफल हुँदा पहिलो हाफमा बराबरी गर्ने अवसर चुकेको थियो । संकटाका अफ्रिकी खेलाडी क्रेडिक अब्बाले अर्को अवसर गुमाए । सेन्टर लाइनबाट अब्बाले अघि बढाएको बल पेनाल्टी बक्समा विपक्षी रक्षक डाम्बियाले क्लिएर गरे ।
थ्री स्टारले पनि गोलअन्तर बढाउने अवसर सदुपयोग गर्न सकेन । ५३ औं मिनटमा सुनिल बलको क्रस बल फोडेले खेर फाले । पेनाल्टी बक्समा पाएको अवसरलाई फोडेले फितलो प्रहार गर्दा संकटाका गोलरक्षक राजाबाबु थापाले रोके ।
५६ औं मिनटमा थ्री स्टारका रञ्जनको पास फोडेले खेर फाले । डिबक्स भित्र रञ्जनले निकालेको बललाई फोडेले सम्हाल्न नसक्दा बाहिरियो । यस्तै खेलको ७० औं मिनटमा रञ्जनले हेड गरेको बललाई संकटाका सरोजले गोललाईनबाट क्लियर गरे । बल पञ्च गर्न अघि बढेका संकटाका गोलकिपरलाई बिट गर्दै रञ्जनले हेड गरेका थिए ।
संकटाका प्रशिक्षक सल्यान खड्गीले शुरुवातमा गोल खाएपनि खेलमा फर्कन कठिन भएको बताए । आफ्नो खेलाडीले सोंचे अनुसारको प्रदर्शन गर्न नसकेको उल्लेख गर्दै प्रशिक्षक खड्गीले थ्रीस्टारका खेलाडीले भने उच्च प्रदर्शन गरेको बताए ।
ए डिभिजन लिगपछि थ्रीस्टारबाट बाहिरिएका खेलाडी निराजन खड्का पूर्व क्ल्बविरुद्ध उत्रेका थिए । संकटाका प्रशिक्षक खड्गीले निराजन क्लबसँग अनुबन्धनको प्रकृयामा रहेको जानकारी दिए ।
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लगातारको प्रतियोगिताका कारण खेलाडीले सोंचे अनुसारको प्रदर्शन गर्न नसकेको बताए । उनले लिगपछि टिममा केहि नयाँ खेलाडी आएको बताउँदै उनिहरु टिममा ‘एडजस्ट’ हुन बाँकी रहेको जनाए । केसीले सेमिफाइनलमा टोलीले प्रदर्शनमा सुधार गर्ने विश्वास व्यक्त गरे ।
थ्री स्टारका रक्षक आडामा डोम्बिया म्यान अफ दी म्याच घोषित भएर उनले १० हजार रुपैयाँ प्राप्त गरे । नवजनजागृति युवा क्लबको आयोजनामा जारी सिमरा गोल्डकपको दसौं संस्करणमा बुधबार पहिलो सेमिफाइनल आयोजक टोली र साविक विजेता त्रिभुवन आर्मी क्लबीच हुनेछ ।सिमरा गोल्ड कपको विजेताले ६ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]