6 years ago
January 22, 2019
एजेन्सी – लन्डन क्लब चेल्सीले फरवार्ड अल्भेरो मोराटालाई स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा पठाएर युभेन्टस तथा एसी मिलानका फरवार्ड गोन्जलो हिगुआइनलाई अुनबन्ध गर्ने तयारी गरेको छ ।
चेल्सीले फरवार्ड मोराटालाई लोनमा एट्लेटिको म्याड्रिडमा पठाएर युभेन्टसबाट लोनमै एसी मिलान पुगेका हिगुआइनलाई अनुबन्ध गर्ने तयारी गरेको हो । सम्भवत मंगलबार नै मोराटा एट्लेटिको तथा हिगुआईन चेल्सीमा आउनेछन् ।
मोराटाले चेल्सीमा पहिलो रोजाईमा पर्न निकै संघर्ष गरिरहेको छन् । हिगुआइनलाई अनुबन्धन गर्न चेल्सीले मोराटालाई बाटो खुला गरेको छ । मोराटा सन् २०१७ मा रियल म्याड्रिडबाट चेल्सीमा पुगेका थिए । बार्सिलोना र सेभियाले अनुबन्ध गर्ने प्रयास गरेपनि मोराटालाई आफ्नो बाल्यकालको क्लबले नै अनुबन्ध इच्छा देखाएको हो । गोलडटकमका अनुसार २६ वर्षीय मोराटाले सबै प्रक्रिया पूरा भए शनिबार गेटाफेविरुद्धको खेलबाट एट्लेटिको मड्रिडबाट डेब्यु गर्नेछन् ।
यस्तै ३१ वर्षीय फरवार्ड हिगुआइनलाई चेल्सीले कारवाओ कपको सेमिफाइनलको दोस्रो लेगमा उपलब्ध गराउने गरी अनुबन्धन गर्ने प्रयास थालिरहेको छ । यसका लागि एसी मिलानले पियाटिकलाई लोनमै जिनोआबाट अनुबन्धन गर्ने प्रयास थालेको छ । हिगुआइन चेल्सीमा अनुबन्ध भए पूर्वप्रशिक्षक मौरिजियो सार्रीसँग पुर्नमिलन हुनेछ । हिगुआइनले सन् २०१६ मा सार्रीकै प्रशिक्षणमा नेपोलीबाट खेलेका थिए ।
बुधबारसम्ममा हिगुआइनलाई अनुबन्ध गर्न सके उनी टोटेनहमविरुद्धको खेलमा उपलब्ध हुनेछन् । पछिल्लो पाँच खेलमा चार गोल मात्रै गर्न सकेको चेल्सीले हिगुआइनको आगमन भए अग्रपङ्तिमा देखिएको समस्या समाधान हुने विश्वास लिएको छ ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]