default_image

6 years ago

January 22, 2019

मोराटा लोनमा चेल्सीबाट एट्लेटिको जाने

66 views

0 Bookmark

लन्डन (एजेन्सी)– अल्भारो मोराटा चेल्सीबाट लोनमा एट्लेटिको म्याड्रिड जाने भएका छन् । सम्झौता यो सिजनको अन्त्यसम्म रहनेछ । त्यसपछि ला लिगा टोलीसँग उनलाई किन्ने विकल्प पनि रहनेछ ।

Morata

मोराटाको परिवार आइतबार नै म्याड्रिड पुगिसकेको छन् भने उनी पनि सोमबार पुग्ने अनुमान गरिएको छ । २६ वषे फरवार्डले आइतबार गेटाफेविरुद्ध नयाँ क्लबका लागि डेब्यू गर्ने सम्भावना रहेको बताएको छ ।

एसी मिलानबाट गोन्जालो हिगुइन चेल्सी जाने पक्का भएपछि मोराटाको बर्हिगमन निश्चित भएको छ । हिगुइन युभेन्ट्सबाट यसै सिजन एसी मिलान पुगेका थिए ।

मोराटा जुलाई २०१७ मा पाँच वर्षको सम्झौतामा रियल म्याड्रिडबाट चेल्सी पुगेका थिए । चेल्सीमा पहिलो सिजनको ८ खेलमा ७ गोल गर्दै उत्कृष्ट सुरुवात गरेपनि त्यसपछि भने उनको प्रदर्शन कमजोर रहँदै गएको थियो । बाँकी सिजन उनी संघर्षरत रहे । उनले पुरा सिजनमा ११ गोल मात्र गर्न सकेका थिए ।

यो सिजन पनि उनले सबै खाले प्रतियोगितामा गरि ९ गोल गरेका छन् । जनवरीमा नटिंघम फरेस्टलाई २–० ले हराउँदा दुवै गोल गरेका थिए । मोराटाले अब चेल्सीका पूर्व फरवार्ड डिएगो कोस्टासँग सहकार्य गर्नेछन् ।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.