6 years ago
January 23, 2019
न्यूयोर्क (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले पूर्व प्रशिक्षक जोसे माउरिन्होको मताहतमा रहँदा सहज महसुस नगरेको ज्याटान इब्राहिमोभिचले बताएका छन् ।
२९ वर्षयता प्रिमियर लिगमा यो सिजन युनाइटेडले कमजोर सुरुवात गरेपछि माउरिन्होलाई बर्खास्त गरेके थियो । माउरिन्होले क्लब सम्हाल्दा पाग्बाले उच्च प्रदर्शन गर्न संघर्ष गर्नुपरेको थियो ।
तर, माउरिन्होको बर्हिगमन र नयाँ कार्यवहाक प्रशिक्षक को आगमन सँगै पोग्बाले उच्च प्रदर्शन गर्दै आएका छन् । जसका कारण युनाइटेडले पछिल्लो ७ खेल लगातार जितेको छ । माउरिन्होको कार्यकालमा पोग्बासँगै खेलका युनाइटेडका पूर्व स्ट्राइकर इब्राहिमोभिचले अहिले पोग्बा निकै खुसी रहेको र माउरिन्होको समयमा भन्दा निकै स्वतन्त्रपूर्वक खेल्न पाएको महसुस गरेको बताए ।
‘कतिपय खेलाडी स्वतन्त्र भएर खेल्न चाहन्छन् । उनीहरु आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्नका लागि स्वतन्त्रता चाहन्छन् , ३७ वर्षे इब्राहिमोभिचले भने,‘ माउरिन्हो ट्याकटिसमा माहिर छन् । तर, केहि खेलाडी आफुलाई प्रशिक्षकको निर्देशनमा मात्र सिमित राख्दैनन् । त्यसले ती खेलाडीलाई केहि स्वतन्त्रता दिनुपर्दछ । पोग्बा तीनै खेलाडीमा पर्छन् ।’
माउरिन्होको प्रशिक्षणमा पोग्बाले मनोबल उच्च राख्न नसकेको उल्लेख गर्दै इब्राहिमोचिले माउरिन्हो पनि पोग्बा प्रति पूर्व रुपमा विश्वस्त हुन नसकेको बताए । ‘ प्रशिक्षकका तर्फबाट मनोबल उच्च बनाउने प्रयास भएन भने खेलाडीले राम्रो प्रदर्शन गर्न सक्दैन । त्यति बेला खेल्ने जोश, आत्मबल रहँदैन,’ उनले भने,‘ सायद पोग्बाबाट माउरिन्होले पनि त्यस्तै अनुभव गरे । यस्तो फुटबलमा हुन्छ । मलाई लाग्छ सबै मान्छे सबैसँग सहज हुन सक्दैनन् ।’
उनले पोग्बालाई स्वतन्त्रता दिनुपर्नेमा जोड दिए । ‘पोग्बा खुसी देखिन्छन् । उनी जे चाहन्छन् त्यो गर्न स्वतन्त्र छन् । जसले सकारात्मक प्रभाव पनि परिरहेको छ,’ इब्राहिमोभिचले थे,‘ अहिले उनीमा नयाँ जोश देखिएको छ । पोग्बा कस्तो खेलाडी हुन् भन्ने पछिल्लो समय देखिएको छ ।’
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]