6 years ago
January 21, 2019
एजेन्सी – इन्ज्युरी समयमा ह्यारी विङ्सले गोल गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपरले फुलहमलाई २–१ ले पराजित गरेको छ । स्पर्सले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो ।
स्पर्स खेलको १७औं मिनेटमा फर्नान्डो लोरेन्टको आत्मघाती गोलबाट पछि परेको थियो । कर्नरमा आएको बललाई क्लियर गर्न खोज्दा लोरेन्टले आफ्नै पोस्टमा गोल गर्न पुगेको थियो । एक गोलले पछि परेपछि टोटेनहमले लगातार दवाव सिर्जना गरेपनि थप गोल गर्न भने दोस्रो हाफ नै कुर्नुप¥यो ।
५१औं मिनेट डेल अलीले बराबरी गोल फर्काए । उनले क्रिस्टियन इरिक्सनको पासलाई गोलमा परिणत गरेका थिए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयमा ह्यारी विङ्सले गोल गर्दै स्पर्सलाई महत्वपूर्ण ३ अंक दिलाए ।
जितपछि स्पर्सले दोस्रो स्थानको सिटीसँगको दुरी ५ मा झारेको छ । शीर्ष स्थानको लिभरपुलभन्दा ९ अंकले पछि छ । चौथो स्थानको चेल्सीलाई ४ अंकले पछि पारेको छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]