default_image

6 years ago

January 21, 2019

लाजियोमाथि नेपोलीको जित

100 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा नेपोलीले लाजियोलाई २–१ ले पराजित गरेको छ । घरेलु मैदानमा नेपोलीलाई जिताउन जोस मारिया कालेहोन र आर्कडियुस मिलिकले गोल गरे । लाजियोका सिरो इमोबिलेले एक गोल फर्काए ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा ३४औं मिनेटमा जोस मारियाको गोलबाट नेपोलीले अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि नै आर्कडियुसले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारेको थियो ।

२ गोलले पछि परेपछि लाजियोले दोस्रो हाफमा एक गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए । तर, लाजियोले त्यसपछि थप गोल गर्न सकेन । ६५औं मिनेटमा सिरो इमोबिलेले गोल गर्दै खेललाई २–१ मा ल्याएका थिए । त्यसको ५ मिनेटपछि नै लाजियो १० खेलाडीमा समेटियो । लाजियोका फ्रान्सिस्को एसरवी दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

जितसँगै नेपोलीले २० खेलबाट ४७ अंक जोड्यो । नेपोली शीर्ष स्थानको युभेन्टसभनदा ६ अंकले पछि छ । एक खेल कम खेलेको युभेन्टसको ५३ अंक रहेको छ । नेपोलीसँग पराजित लाजियो ३२ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.