6 years ago
January 20, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले शीर्ष स्थानमा रहेको लिभरपुललाई पछ्याइरहेको छ ।
प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा सिटीले रेलिगेसन जोनमा रहेको हडर्सफिल्डलाई ३–० ले पराजित गर्दै शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी ४ मा झारेको हो ।
सिटीको २३ खेलबाट ५६ अंक पुगेको छ । यसक्रममा सिटीले १८ जित, २ बराबरी र ३ हारको नतिजा निकालेको छ । शीर्षस्थानमा रहेको लिभरपुलको समान २३ खेलबाट ६० अंक रहेको छ । लिभरपुलले १९ खेलमा जित हात पार्दा ३ बराबरी र १ मात्र हार बेहोरेको छ ।
हडर्सफिल्डको घरेलु मैदानमा सिटीलाइ जिताउन ड्यानिलो, रहिम स्ट्रलिङ र लिरोए सानेले गोल गरे । सिटीले पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल गर्न सफल भएको थियो ।
१८औं मिनेटमा काइल वाल्करको पासमा ड्यानिलोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
५४औं मिनेटमा लिरोए सानेको क्रस पासमा रहिम स्ट्रलिङले डाइभिङ हेडर गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए । त्यसको दुई मिनेटपछि नै लिरोए सानेल गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए । उनले सर्जियो अग्विरोको पासमा गोल गरेका थिए ।
सिटीसँगको हारपछि हडर्सफिल्ड ११ अंक जोडेर रेलिगेसन जोनको पुछारमा छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]