6 years ago
January 21, 2019
सुनिल गाउँले, सिमरा
त्रिभुवन आर्मी क्लबका डिफेन्डर दीपक गुरुडका आइतबार दिन विशेष रह्यो । रुस्लान सिमरा गोल्ड कपमा आइतबार आर्मीले अर्को विभागिय टोलीलाई ४–२ ले हराउँदा एक गोल दीपकले पनि गरे ।
आर्मीको जितमा टंक बस्नेतले २ तथा सुदिल राईले पनि १ गोल गरे । खेलमा दीपक म्यान अफ द म्याच घोषित भए । आर्मीका लागि एपीएफविरुद्ध खेलेसँगै दीपकले एउटा कीर्तिमान पनि बनाए । सिमरा गोल्ड कपको दशौं संस्करणसम्म आइपुग्दा सबै संस्करण खेल्ने उनी पहिलो खेलाडी पनि बनेका छन् ।
उनले यसक्रममा अलग-अलग ४ क्लबबाट सिमरा गोल्डकपको सबै संस्करण खेले । पछिल्लो ६ संस्करणभने उनले आर्मीबाट खेल्दै आएका छन् । मकवानपुर ११ बाट सिमरा गोल्डकपको पहिलो संस्करण खेलेका दीपकले दोस्रो संस्करण फेन्ड्स क्लब तथा तेस्रो र चौथो संस्करण हिमालयन शेर्पाबाट खेलेका थिए ।
सबै संस्करण खेल्ने एक्लो खेलाडी भन्दै सिमरा गोल्डकपको आयोजक नवजनजागृति क्लबले उनलाई आइतबार सम्मान गर्यो । सम्मानसहित उनलाई क्लबले १० हजार रुपैयाँ प्रदान गर्यो । उनलाई क्लबका उपाध्यक्ष शंकर थापा सहितका पदाधिकारीले सम्मान गरेका थिए ।
पछिल्लो समय आर्मीको सुरुवाती रोजाइमा पर्न संघर्षरत दिपक अघिल्लो वर्षसम्म राष्ट्रिय टोलीमा थिए । उनी सन् २०१६ मा एएफसी सोलिडारिटी कप जितेको टोलीका सदस्य पनि हुन् । राष्ट्रिय टोलीमा परेपनि उनले अहिलेसम्म डेब्यु गर्ने अवसर भने पाएका छैनन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]