6 years ago
January 20, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलसँग चेल्सीले हार बेहोरेको छ । लन्डन डर्बीको खेलमा चेल्सी आर्सनलसँग २–० को हार बेहोरेको हो ।
इमिरेट्स स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोलीलई जिताउन एलेक्ससान्दे्र लाकाजेट्टी र लोरेन्ट कोसाइन्लीले गोल गरे । आर्सनलले दुवै गोल पहिलो हाफमा गर्न सफल हुदा खेलमा दवावमा परेपनि आर्सनलले अग्रता जोगाइराख्न सफल भयो ।
खेलको १४औं मिनेटमा एलेक्ससान्दे्र लाकाजेट्टीको गोलबाट आर्सनलले खेलमा अग्रता बनाएको थियो । उनले हेक्टर बर्लिनको पासमा गोल गरेका थिए । ३९औं मिनेटमा लोरेन्टले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । उनले सोक्रेट्सको पासलाई सदुपयोग गरेका थिए । खेलमा २–० ले पछि परेपछि चेल्सीले आर्सनललाई दवावमा राखेपनि गोल गर्न भने असमर्थ रह्यो । हारसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने मौका गुमायो ।
चेल्सीमाथिको जितसँगै आर्सनल पाचौ स्थानमा उक्लिएको छ । आर्सनलको २३ खेलबाट ४४ अंक पुगेको छ । हारपछि पनि चेल्सी ४७ अंक जोडेर चौथो स्थानमा यथावत छ ।
६० अंक जोडेर लिभरपुल लिगको शीर्ष स्थानमा रहेको छ । ५३ अंकसहित म्यानचेस्टर सिटी दोस्रो तथा ४८ अंक जोडेर टोटेनहम तेस्रो स्थानमा रहेको छ ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]