default_image

6 years ago

January 20, 2019

एकै खेलमा एम्बाप्पे र काभानीको ह्याट्रिक, नेयमारको २ गोल

121 views

0 Bookmark

पेरिस (एजेन्सी) – फ्रेन्च लिग वोन अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले गुइग्याम्पलाई ९-० ले हराउँदा किलियन एम्बाप्पे र एडिसन काभानीले ह्याट्रिक गरेका छन्। त्यस्तै नेयमारले २ गोल र थोमस म्युनियरले पनि १ गोल गरे।

three mbappe neymar cavani

घरेलु मैदानमा भएको खेलमा पिएसजीले सुरुवातबाट कब्जा जमायो। खेल अवधीभर ६८ प्रतिशत बल पोजेसन राखेको पिएसजीले ११ औं मिनेटमा नेयमारको गोलबाट अग्रता लियो। एम्बाप्पेले ३७ औं मिनेट तथा थपिएको समयमा गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए। पिएसजीका उरुगेली स्ट्राइकर काभानीले ५९ र ६६ औं मिनेटमा गोल गरे। नेयमारले ६८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे।

खेलको ७५ औं मिनेटमा काभानीले गोल गर्दै ह्याट्रिक पुरा गरे भने एम्बाप्पेले ८० औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गरे। ७६ औं मिनेटमा मैदान प्रवेश गरेका फुल ब्याक म्युनियरले ८९ औं मिनेटमा पिएसजीको लागि नवौं गोल गरे।

यो खेलसँगै पिएसजी फ्रेन्च लिगको १९ खेलमा अपराजित छ। १७ जित र २ बराबरीसँगै  शिर्षस्थानमा रहेको पिएसजीको ५३ अंक छ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.