6 years ago
January 19, 2019
एजेन्सी – नयाँ प्रशिक्षक आन्द्रे गनर सोल्सजरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले लगातार सातौ जित निकालेको छ ।
प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा युनाइटेडले ब्राइटन होभ अल्वियोनलाई २–१ ले पराजित गर्दै शतप्रतिशत जित आत्मसात गरेको हो । युनाइटेडको जितमा पल पोग्वार र मार्कुस रासफर्डले गोल गरे । ब्राइटनका पास्कल ग्रसले एक गोल फर्काए ।
युनाइटेडले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । युनाइटेडले २७औं मिनेटमा पल पोग्वाको पेनाल्टी गोलबाट खेलमा अग्रता लिन सफल भएको थियो । गाइटान बोङले पेनाल्टी बक्समा पोग्वालाई नै लडाएपछि युनाइटेडले पेनाल्टीको मौका पाएको थियो । जसलाई पोग्वा आफैले सदुपयोग गरे ।
४२औं मिनेटमा मार्कुस रासफोर्डले डिएगो डालोटको पासमा गोल गरेपछि युनाइटेड २–० ले अघि बढेको थियो । ७२औं मिनेटमा पास्कल ग्रसले गोल गर्दै गोलअन्तर २–१ मा झारेपनि त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड २–१ ले विजयी हुन सफल भयो ।
जितपछि युनाइटेड २३ खेलबाट ४४ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । युनाइटेडले एक खेल कम खेलको आर्सनललाई ३ अंकले पछि पारेको हो । ब्राइटन २६ अंक जोडेर १३औं स्थानमा छ । जितपछि युनाइटेड २३ खेलबाट ४४ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । युनाइटेडले एक खेल कम खेलको आर्सनललाई ३ अंकले पछि पारेको हो । ब्राइटन २६ अंक जोडेर १३औं स्थानमा छ ।
प्रिमियर लिगका अन्य खेलका नतिजाहरु
वल्भ्स विरुद्ध लेस्टर सिटी (४–३)
बर्नमाउथ विरुद्ध वेस्टह्याम (२–०)
लिभरपुल विरुद्ध क्रिस्टल प्यालेस (४–३)
न्यु क्यासल विरुद्ध कार्डिफ सिटी (३–०)
साउथह्याम्पटन विरुद्ध एभर्टन (२–१)
वाट्फोर्ड विरुद्ध बर्नली (०–०)
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]