6 years ago
January 19, 2019
एजेन्सी (एनफिल्ड) – इजिप्टियन फरवार्ड मोहम्मद सलाहको दुई गोल मद्दतमा इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको लिभरपुलले क्रिस्टल प्यालेसमाथि ४–३ को संघर्षपूर्ण जित निकालेको छ ।
प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा लिभरपुललाई महत्वपूर्ण तीन अंक सदलाउन मोहम्मद सलाहले २ तथा रोबर्टाे फिर्मिनो र साडियो मानेले समान एक गोल गरे । क्रिस्टल प्यालेसका लागि एन्ड्रोस टाउनसेन्ड र जेम्स टमकिन्स र म्याक्स मेयरले समान १ गोल गरे ।
घरेलु मैदानमा लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो ।
३४औं मिनेटमा एन्ड्रोस टाउनसेन्डको गोलबाट लिभरपुल पहिलो हाफमा खेलमा पछि परेको थियो । तर, दोस्रो हाफको शुरुमै सलाहले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५३औं मिनेटमा रोबर्टाे फिर्मिनोले नेवी केइटाको पासमा गोल गरेपछि लिभरपुलले खेलमा २–१ को अग्रता बनायो । ६५औं मिनेटमा जेम्स टमकिन्सले गोल गर्दै खेललाई पुन २–२ गोलको बराबरीमा ल्याएका थिए ।
७५औं मिनेटमा सलाहले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–२ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ४–२ ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा क्रिस्टल प्यालेसका म्याक्सले गोल गर्दै गोल अन्तर कम गरेपनि त्यो खेलमा फर्कन निकै ढिला भैसकेको थियो ।
खेल सकिन २ मिनेट बाँकी रहँदा लिभरपुल १० खेलाडीमा समेटिएको थियो । लिभरपुलका जेम्स मिल्नर दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
जितसँगै लिभरपुलले आफ्नो शीर्षता ७ अंकमा पु¥याएको छ । लिभरपुलको २३ खेलबाट ६० अंक पुगेको छ । लिभरपुलाई पछ्याइरहेको म्यानचेस्टर सिटीको ५३ अंक छ । सिटीले एक खेल कम खेलेको छ । लिभरपुलसँग पराजित क्रिस्टल प्यालेस २२ अंक जोडेर १४औं स्थानमा छ ।
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]