6 years ago
January 19, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा ७ गोल भएको खेलमा वल्भ्सले लेस्टर सिटीलाई पराजित गरेको छ । गोलको वर्षा भएको खेलमा घरेलु टोली वल्भ्सले लेस्टरसिटीलाई ४–३ को गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा वल्भ्सलाई जिताउन डिएगो जोटाले ह्याट्रिक पूरा गर्दा रायन बेन्नेटले एक गोल थपे । लेस्टरका लागि डिमाराई ग्रे र वेस मोगार्नले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
जोओ मौटिन्होको पासमा खेलमा चौथो मिनेटमा नै डिएगो जोटाको गोलबाट घरेलु टोली वल्भ्सले अग्रता बनाएको थियो । १२औं मिनेटमा जोओ मौटिन्होकै पासमा रायन बेन्नेटले गोल गरेपछि वल्भ्सले खेलमा २–० को अग्रता लिन सफल भयो ।
पहिलो हाफमा २–० ले अघि रहेको वल्भ्सले दोस्रो हाफको सुरुवाती ६ मिनेटमा दुई गोल बेहोरेपछि खेल २–२ को रोमाञ्चक मोडमा पुगेको थियो । ४७औं मिनेटमा डिमाराई ग्रेले गोल गर्दै गोल अन्तरमा २–१ मा झारेका थिए । ५१औं मिनेटमा कोनर कोएडीले आत्मघाती गोल गरेपछि लेस्टर खेलमा फर्किएको थियो ।
६४औं मिनेटमा रुवेन नेभेसको पासमा जोटाले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेपछि पुन वल्भ्सले खेलमा ३–२ को अग्रता बनायो । ८७औं मिनेटमा वेस मोर्गानले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा पुगेको थियो । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा जोटाले ह्याट्रिक गोल गर्दै टिमलाई ४–३ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित दिलाए ।
जितसँगै वल्भ्स २३ खेलबाट ३२ अंक जोडेर आठौं स्थानमा रहँदा समान खेलबाटै ३१ अंक जोडेको लेस्टर नवौं स्थानमा छ ।
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]