6 years ago
January 19, 2019
वीरगन्ज (हाम्रो खेलकुद)– विभागिय टोली त्रिभुवन आर्मी क्लबले विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ‘ए’ डिभिजन प्रतिद्धन्द्धी हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।
वीरगन्जस्थित नारायणी रंगशालामा शनिबार भएको उपाधि भिडन्तमा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमा विजयी भएको थियो । आर्मीले ६–५ ले विजयी बनेको थियो ।
पेनाल्टी सुटआउटमा आर्मीका सन्तोष तामाङ, भरत खवास, दीप लामा, विकेश कुथु, विवेक बस्नेत र टेक बहादुर बुढाथोकीले गोल गरे । दीपक गुरुङको प्रहार बाहिरिएको थियो । शेर्पाका विश्वास श्रेष्ठ, रवि थापा, विजय श्रेष्ठ र अलरिच सिवेले गोल गरे । आशिष गुरुङ र प्याट्रिक गोहाले पेनाल्टीमा गोल गर्न सकेनन् ।
त्यसअघि विश्वास श्रेष्ठको गोलबाट हिमालयन शेर्पाले खेलमा अग्रता बनाएको थियो । तर, आर्मीका सन्तोष तामाङले बराबरी गोल फर्काएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
च्याम्पियन बनेसँगै आर्मीले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो । शेर्पाले २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्यो । विशाल मेमोरियल फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।
विशाल मेमोरियल गोल्डकपमा च्याम्पियन बनेको आर्मीले २४ घन्टा नबित्दै सिमरा गोल्डकपको क्वार्टरफाइनलमा आइतबार अर्को विभागिय टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ ।
विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताका उत्कृष्ट
-सर्वाेत्कृष्ट खेलाडीः विश्वास श्रेष्ठ (शेर्पा)
-उत्कृष्ट फरवार्डः विश्वास श्रेष्ठ (शेर्पा)
-मिडफिल्डरः सन्तोष तामाङ (आर्मी)
-डिफेन्डरः दीपक गुरुङ (आर्मी)
-गोलरक्षकः विकेश कुथु (आर्मी)
-प्रशिक्षकः नवीन न्यौपाने (आर्मी)
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]