6 years ago
January 19, 2019
अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमिति बैठकले स्विडिस प्रशिक्षक योहान कालिनलाई नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पने निर्णय गरेको छ । यसअघि नेपालमै रहेर मछिन्द्र क्लबको प्रशिक्षकको पनि जिम्मेवारी सम्हालेका कालिन मार्चदेखि प्रशिक्षकमा नियुक्त हुँदैछन् । यसै सेरोफेरोमा हाम्रो खेलकुदका सुबास हुमागाईंले प्रशिक्षक कालिनसँग लिएको अन्तर्वार्ता :
१. राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त हुनुभएकोमा बधाई छ । यो निर्णय लिनुको पछाडी मुख्य कारण के थियो ?
– धन्यवाद । नेपाली फुटबलमा पछिल्लो समय राम्रो कामहरु भइरहेको आभास गरेको छु । यस विकासको गतिमा आफूपनि संलग्न हुन पाउनु मेरो लागि राम्रो चुनौतीको हुने पाएँ । यसअघी नेपालको फुटबलमा मछिन्द्रसँग रहेर काम गर्दा रमाइलो अनुभव भएको थियो । अहिले राष्ट्रिय टोलीको नै जिम्मवारी पाउँदा खुसी छु ।
२. दुई वर्षे कार्यकालबाट के अपेक्षा राख्नुभएको छ ?
– यो दुई वर्ष हामी नेपाली फुटबलको विकासको लागि कडा मिहिनेत गरेर अगाडी बढ्नेछौं ।
३. केहि वर्षअघि पनि राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा नियुक्तिबारे हल्ला चालेको थियो, अहिले निर्णय परिवर्तन भएको हो ?
– मछिन्द्रमा रहँदा पनि राष्ट्रिय टोलीमा केहि जिम्मेवारी दिनेबारे छलफल चलेको थियो । तर मैले अहिलेसम्म मुख्य प्रशिक्षकको जिम्मेवारी भने नकारेको छैन ।
४. तपाईंले नेपाल छाडेपछि धेरै युवा खेलाडी राष्ट्रिय टोलीमा आएका छन्, के नेपाली फुटबलको पछिल्लो प्रदर्शन नियाल्नुभएको छ ?
– मैले विस्तृत रुपमा नभएपनि नेपाली फुटबलबारे चासो राखिरहेको हुन्थे । अझैपनि नेपालमा मेरा केहि साथीहरु छन् जोसँग म नियमित सम्पर्कमा छु । इन्टरनेटबाट पछिल्ला केहि खेल हेरेको पनि छु । मैले आफूलाई सबै परिवर्तनसँग अभ्यस्त गराउन खेलाडीहरुलाई आफ्नै अगाडी देख्नु पर्छ नै । तर मेरो स्थानबाट नेपाली फुटबललाई सक्दो नजिकबाट नियाल्ने प्रयास गरिरहेको थिएँ ।
५. घरेलु फुटबल दयनीय अवस्थामा छ । भर्खरै मात्र ए डिभिजन लिग भयो, त्यो पनि रेलिगेसन बिना । घरेलु फुटबलबाट के अपेक्षा राख्नुभएको छ ?
– पछिल्लो केहि वर्ष नेपाली फुटबलको लागि निकै कठिन समय रहयो, त्यो मैले बुझेको छु । अहिले सबै पक्षमा राम्रो कार्य भइरहेको छ । सबै पक्षलाई एकैपटक परिवर्तन गर्न सम्भव छैन तर सहि पथमा भने अगाडी बढिरहेको छ । लिग फेरी सुचारु भएको छ र यो राम्रो संकेत हो ।
६. मार्चमा आगमनलगत्तै यू-२३ टोलीको जिम्मेवारी वहन गर्दै हुनुहुन्छ । यसलाई कसरि हेर्नुभएको छ ?
– म अब आएर यू-२३ टोलीको जिम्मेवारी सम्हाल्दैछु । यो मेरो लागि पनि राम्रो हुनेछ किनकि मैले भविष्यमा राष्ट्रिय टोलीबाट खेल्न सक्ने प्रतिभाहरुसँग नजिकबाट काम गर्ने अवसर प्राप्त गर्नेछु ।
७. के तपाईंले आफूसँग काम गर्न कोहि सहायक प्रशिक्षक ल्याउनुहुन्छ ?
– त्यसबारे एन्फासँग विस्तृत छलफल गर्न बाँकी नै छ । अहिलेलाई मैले स्विडेनबाट सहायक प्रशिक्षक ल्याउने छैन ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]