6 years ago
January 19, 2019
एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले शीर्ष स्थानमा रहेको बोरुसिया डर्टमन्डसँगको अंक दुरी छोट्याएको छ । विन्टर ब्रेकपछिको पहिलो खेलमा बायर्नले टीएसजी होफेनहाइनलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थानमा रहेको डर्टमन्डसँगको अंक दुरी ३ मा झारेको हो ।
बायर्नको १८ खेलबाट ३९ अंक पुगेको छ । एक खेल कम खेलेको डर्टमन्डको ४२ अंक छ । डर्टमन्डले आज राति आरबी लेपिजिजसँग प्रतिस्पर्धा गर्दैछ । यस खेलमा जित हात पारे डर्टमन्डले फेरि ६ अंकको नै अग्रता बनाउनेछ ।
होफेनहाइनको घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा बायर्नलाई जिताउन लियोन गोरेट्ज्काले २ तथा रोबर्ट लेवान्डोस्कीले १ गोल गरे । घरेलु टोलीका लागि निको स्कुल्नले एक गोल फर्काए ।
बायर्नले खेलको ३४औं मिनेटमा गोरेट्ज्काको गोलबाट खेलमा अग्रता बनाएको थियो ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गोरेट्ज्काले नै गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाएको थियो । उनले डेभिड अलवाको पासलाई गोलमा परिणत गरेका थिए ।
५९औं मिनटेमा घरेलु टोलीका निको स्कुल्जले गोल गर्दै खेललाई २–१ म ल्याउदै खेलमा फर्कने संकेत दिएका थिए । तर, खेल सकिन ३ मिनेट बाँकी रहँदा थोमस मुलरको पासलाई सदुपयोग गर्दै रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३–१ को जित दिलाए । बायर्नसँग पराजित होफेनहाइन २५ अंक जोडेर सातौ स्थानमा छ ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]