default_image

9 years ago

April 15, 2016

नवयुगको दुई गोलमा आर्मी विजयी

70 views

0 Bookmark

नवयुग श्रेष्ठको दुइ गोलको मद्धतले नेपाल आर्मी क्लबले जारी मनकामाना केबल कार कपमा सरस्वती युवा क्लब लाई ३-१ ले हराउदै प्रतियोगिताको अन्तिम ८ प्रवेश गरेको छ  ।

Nawayug shrestha Nepal army

सरस्वती युवा क्लब बिरुद्ध गोल गर्दै नवयुग श्रेष्ठ : फोटो – सुदर्शन रन्जित

नेपाल आर्मीको लागी नवयुगले २ र धिरज तामङले १ गोल गरे भने सरस्वतीको एक मात्र गोल सुशन लामाले गरेका थिए ।

खेलको १० औ मिनेटमा गोल गर्दै आर्मीलाई नवयुगले अग्रता दिलाए पनि सुशनको पहिलो हाल्फको अन्तीन मिनेटको गोलले पहिलो हाल्फको अन्त्य मा दुबै टोलीलाई बराबरिमा राख्यो ।

दोस्रो हाल्फमा ६१ औ मिनेटमा गोल गर्दै धिरजले आर्मीलाई अग्रता दिलाए भने खेल सकिन केहि मिनेट मात्र बाकी रहदा गोल गर्दै नवयुगले आर्मीको जित सुनिस्चित गरे ।

November 16, 2024

रोहित र जिलेस्पीको गोलमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]

November 16, 2024

उरुग्वेसँग कोलम्बियाको हार

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]

November 16, 2024

रोनाल्डोको २ गोलसँगै पोर्चुगल क्वाटरफाइनलमा

एजेन्सी – क्रिस्टियानो रोनाल्डोको २ गोलसँगै पोर्चुगल फराकिलो जितका साथ नेसन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । अपराजित रहँदै क्वाटरफाइनल पुगेको पोर्चुगलले शुक्रवार पोल्यान्डलाई ५-१ ले हरायो । मैदानमा भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोबाहेक राफेल लेओ, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले गोल गरे । पोर्चुगल लिग ए को समूह १ मा ५ खेलमा […]

Success

Thank you for your time.