6 years ago
January 21, 2019
एजेन्सी – पिएसजीका ब्राजिलियन स्ट्राइकर नेयमार पुनः बार्सिलोना फर्कने कुरा यथार्थ नरहेको दाबी बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भार्डेले गरेका छन् ।
सरुवा बजारको सुरुआतझैं नेयमार र बार्सिलोना यसपटक पनि फेरी एक अर्कासँग जोडिएका छन् । विभिन्न अन्तर्राष्ट्रिय श्रोतले नेयमारका एजेन्ट समेत रहेका उनका पिताले नेयमारलाई पुनः बार्सिलोना फर्काउने प्रयास गरेको जनाएपनि बार्सिलोनाका प्रशिक्षकले यसलाई नकारेका छन् ।
स्पेनको पत्रिका एल मुण्डोका अनुसार भालभेर्डेले नेयमार राम्रो खेलाडी रहेको तर बार्सिलोनाले अहिले उनको बारेमा नसोचेको बताए । ‘नेयमार राम्रो खेलाडी हुन् । उनले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे । तर अहिले उनी भिन्न क्लबका खेलाडी हुन् र हामी हाम्रो मात्र कुरा गरौं’, नेयमारसँग जोडेर प्रश्न गर्दा उनले जवाफ दिए । ‘मलाई पीएसजी प्रति पूर्ण आदर छ तर यो समयमा हामीले उनलाई भित्र्याउने सोचेका छैनौं ‘, भालभेर्डेले थपे।
बार्सिलोनाका मिडफिल्डर फिलिप कोउटिन्होलाई साट्दै पिएसजीसँग नेयमारका लागि व्यापार गर्ने भन्दै विभिन्न मिडियाले जनाएपनि बार्सिलोना भने कोउटिन्होलाई नबेच्ने भन्दै आएको छ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]