6 years ago
January 18, 2019
सुनिल गाउँले
सिमरा– नेपाल एपिएफ क्लब सिमरामा जारी रुस्लान सिमरा गोल्ड कपको क्वार्टरफाइनलमा पुगेको छ । विशाल मेमोरियल फाउन्डेसनलाई १–० ले हराउँदै विभागिय टोली एपिएफ सिमरा गोल्डकपको अन्तिम आठमा पुगेको हो ।
आशिष लामाले खेलको ३६ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । आशिष नै खेलको म्यान अफ दी म्याच बनेका थिए । एपिएफले आइतबार अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग क्वार्टरफाइनल खेल्नेछ ।
नव जनजागृति युवा क्लबले आयोजना गरेको प्रतियोगिता दसौं संस्करणको पहिलो दिन बिहीबार आयोजक टोलीले मकवानपुरलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । प्रतियोगितामा शनिबार ए डिभिजन टोली सिएमजी क्लब संकटा र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
१२ माघ सम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ७ सहित १० टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले ६ लाख र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]