default_image

6 years ago

January 18, 2019

मनाङलाई फिफा अध्यक्ष इन्फान्टिनोको बधाई

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले नेपालको ए डिभिजन लिग च्याम्पियन बन्न सफल भएकोमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबलाई बधाई दिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पामार्फत बिहीबार पत्र पठाउँदै फिफा अध्यक्ष इन्फान्टिनोले आठौं पटक लिग च्याम्पियन बन्न सफल भएकोमा मनाङका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्रावधिक टोली, मेडिकल टोली र समर्थकहरुलाई बधाई दिएका छन् ।

उनले सोही पत्रमा समर्थ फुटबल समुदायका तर्फबाट मनाङ र एन्फालाई फुटबलमा सकारात्मक सन्देश प्रवाह गरेकोमा पनि धन्यवाद दिएका छन् ।

फिफाअध्यक्ष जियानी इन्फान्टिनो ।

पुस २४ गते सम्पन्न ए डिभिजन लिग मनाङले जितेको थियो । ए डिभजिन लिग मनाङले जितेको त्यो आठौं पटक हो, जुन नेपाली फुटलबलमा एउटै क्लबले जितेको सर्वाधिक हो । अहिले बी डिभिजन क्लबमा रहेको रानीपोखरी कर्नर टिम (आरसिटी) ले ६ तथा एनआरटी र रुस्लान थ्री स्टार क्लबले समान ४ पटक लिग उपाधि जितेका छन् ।

५ वर्षपछि एन्फाले आयोजना गरेको लिग विना रेलिगेसनको थियो । जसका कारण एन्फाले निकै आलोचनाको सामना गर्नु परेको थियो । यद्दपी लिग अघि फिफा र सहभागी क्लबको सहभागितामा एन्फाले विना रेलिगसेनको लिगको सहमति जुटाएको बताएको थियो ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.