default_image

6 years ago

January 18, 2019

‘विभागको भएपनि व्यवसायिक क्लबलाई चुनौती दिनेछौं’ – प्रशिक्षक थापा

102 views

0 Bookmark

सुबास हुमागाईं, धनगढी

नेपाल पुलिस क्लबले बिहीबार धनगढीमा जारी खप्तड गोल्डकपको सेमिफाइनलमा सीएमजी क्लब संकटालाई टाइब्रेकरमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान पक्का गर्यो । टाइब्रेकरमा पुलिसका लागि वैकल्पिक गोलरक्षक रोशन खड्काले संकटाका सुभाष गुरुङको पाँचौ प्रहार बचाएका थिए । त्यसपछि कप्तान विक्रम धिमालको गोलमा पुलिसले फाइनलमा स्थान पक्का गरेको थियो ।

अभिषेक रिजाललाई अंकमाल गर्दै प्रशिक्षक अनन्त थापा

टाइब्रेकरमा जित हासिल गरेपछि पुलिसका खेलाडी मात्र नभएर प्रशिक्षकहरु पनि मैदानमा आएर खुसियाली मनाएका थिए । स्वयं प्रशिक्षक अनन्त थापा पालैपालो आफ्ना खेलाडीलाई अंकमाल गरिरहेका देखिन्थे । पुलिसले कम्तिमा फाइनल पुग्ने लक्ष्य लिएर आएकोमा त्यो प्राप्त भएपछि खुसी मनाएको प्रशिक्षक थापाले बताए ।

‘खप्तड गोल्डकप यस पटक मोफसलको पहिलो प्रतियोगिता हो । मोफसलमा हामी सुखद सुरुवात गर्न चाहन्छौं । अझ यस प्रतियोगिता सर्वाधिक धनराशी पुरस्कारको प्रतियोगिता पनि हो । यसले पनि हाम्रा खेलाडीहरु थप हौसिएका छन् । विभागीय टोलीमा खेलाडीहरुलाई हौसला बढाउन यस्तो पुरस्कार राशीले ठूलो भूमिका खेल्छ,’ थापाले भने ।

पुलिसका प्रशिक्षक अनन्त थापाले इन्ज्युरी समयको दोस्रो मिनेटमा नियमित गोलरक्षक शत्रुघन चौधरीको स्थानमा रोशनलाई मैदान पठाएका थिए । रोशन पुलिसका तेस्रो रोजाइका गोलरक्षक हुन् । पुलिसले लिगमा उनलाई कुनै खेलमा मैदानमा उतारेको थिएन । दोस्रो रोजाइका रुपमा यू-१९ राष्ट्रिय टोलीका कप्तान अर्पण कार्कीले लिगको पछिल्लो खेलहरु खेलेका थिए ।

गोलरक्षक रोशन खड्कालाई अंकमाल गर्दै प्रशिक्षक अनन्त थापा

प्रशिक्षक थापाले तीनै गोलरक्षकलाई खेलको समय दिने कार्य निकै चुनौतीपूर्ण रहेको बताए । ‘हामीसँग ३ गोलरक्षक छन् । सबै राम्रो भएकाले कसलाई खेलाउने भन्ने निकै कठिन कार्य हो । अहिले शत्रुघनले राम्रो प्रदर्शन गरिरहेका छन् । अर्पणले लिगको पछिल्लो भागमा खेलेपनि पूर्ण सन्तुष्ट हुने प्रदर्शन थिएन,’ उनले भने ।

पुलिसले विभागका खेलाडीलाई नै एक्सपोजर दिएर दिर्घकालिन रुपमा टोलीलाई बलियो बनाउने लक्ष्य राखेको छ । प्रशिक्षक थापा विगतमा पनि पुलिसले विभागकै खेलाडीको भरमा सफलता हात पारेकाले त्यसलाई दोहोर्याउन अगाडी बढेको बताउँछन् । ‘विगतमा हामीले विभागकै खेलाडीको भरमा पुलिसलाई अब्बल टोली बनाएका थियौं । अब हाम्रो लक्ष्य त्यहि नै हुनेछ । विभागमा रहेका खेलाडीमा सम्भावना देखेर नै लगातार म्याच एक्सपोजर दिएका छौं । विभागीय भएपनि थ्री स्टार, मनाङजस्ता टोलीलाई लगातार चुनौती दिनेछौं,’ थापाले भने ।

पुलिसले अब फाइनलमा रुस्लान थ्री स्टार क्लबको सामना गर्दैछ । ए डिभिजन लिगमा पुलिसले थ्री स्टारलाई ३-१ ले पराजित गरेको थियो । प्रशिक्षक थापा यसपटक पनि सोहि नतिजा दोहोर्याउन तत्पर रहेको बताउँछन् । ‘हामीले लिगमा थ्री स्टारलाई सहजै पराजित गरेका थियौं । अहिले पनि हाम्रो टोली उस्तै नै छ । फाइनलका लागि खेलाडीहरु हौसिएका छन् । थ्री स्टार बलियो टोली हो तर फाइनलमा हामी जितका लागि खेनेछौं,’ उनले थपे ।

पुलिसको टोलीमा हाल दुई खेलाडी मात्र अनुबन्धनमा खेलिरहेका छन् । वैकल्पिक गोलरक्षक अर्पण कार्की र विंगर अभिषेक रिजाल पुलिसमा भर्ति भएका छैनन् । प्रशिक्षक थापाका अनुसार पुलिसले अब खेलाडी अनुबन्धन भन्दापनि पुलिस सेवाकै खेलाडीहरुलाई माथि ल्याउने प्रयासमा छ । ‘पुलिससँग आफ्नै मैदान छ । टोली पनि राम्रो छ । अब हामीले अन्य खेलाडी खोजेर वैकल्पिकमा पनि राम्रो खेलाडी खोज्नुपर्छ । लिगमा अपेक्षित प्रदर्शन हुन सकेन । मोफसलमा अब रम्रो सुरुवात गर्दै त्यसलाई निरन्तरता दिने प्रयास गर्नेछौं,’ उनले टुंग्याए ।

शनिबार हुने फाइनल खेलमा थ्री स्टारबाट लिगपछि पुलिस छाडेका डिफेन्डर दिनेश राजवंशीले खेल्नेछन् । पुलिसले फाइनलका लागि टोलीमा परिवर्तन गर्ने सम्भावना देखिन्न । यता थ्री स्टार भने विदेशी खेलाडीको प्रदर्शनमा सन्तुष्ट नहुँदा केहि परिवर्तन गर्ने सम्भावना देखिन्छ । मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको खप्तड गोल्डकप विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.