6 years ago
January 18, 2019
एजेन्सी – पहिलो लेगमा २–१ ले पछि परेको बार्सिलोनाले लेभान्टेमाथि दोस्रो लेगमा ३–० को पुनरागमन जित निकाल्दै कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ ।
बार्सिलोनाले समग्रमा ४–२ को जित निकाल्दै आन्तिम आठमा पुग्न सफल भएको हो । घरेलु मैदान क्याम्प नोउमा बिहीबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन औसमान डेम्वेलेले २ तथा कप्तान लियोनल मेस्सीले एक गोल थपे ।
पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल सम्भव भएको थियो । लेभान्टेलाई सुरुवातदेखि नै दवावमा राखेको बार्सिलोनाले खेलको ३०औं मिनेटमा डेम्वेलेको गोलबाट अग्रता बनाएको थियो । कप्तान लियोनेल मेस्सीको पासमा डेम्वेलेको प्रहार सर्जियो पोस्टिगोले क्लियर गर्न खोजेपनि असफल बन्यो ।
लगत्तै ३१औं मिनेटमा डेम्वेलेले मेस्सीकै पासमा अर्काे गोल थप्दै बार्सिलोनाको अग्रता दोब्बर बनायो । ५४औं मिनेटमा कप्तान लियोनेल मेस्सीले गर्दै बार्सिलोनालाई ३–० को जित दिलाउदै क्वाटरफाइनलको यात्र तय गराए । मेस्सीले नेल्सन सोमिडेको पासलाई सदुपयोग गरेका थिए ।
बिहीबारै भएको अर्काे खेलमा इस्पान्योलले भिल्लारियललाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । इस्पान्योलले समग्रमा ५–३ को जित निकालेको हो । अर्काे खेलमा रियल बेटिसले रियल सोसिडाडलाई खवे गोलमा पछि पार्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]