default_image

6 years ago

January 18, 2019

रोनाल्डोका उपलब्धी – ४ क्लब, २६ उपाधि

99 views

0 Bookmark

टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा बुधबार युभेन्ट्सले इटालियन सुपर कपको उपाधि हात पार्यो । एसी मिलानलाई १–० हराउँदै युभेन्ट्सले उपाधि जितेको हो । रोनाल्डो यसै सिजनको सुरुवातमा १ सय ५ मिलियन युरोमा रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए ।

क्लब फुटबलका लागि सम्भव सबै खाले उपाधि जितेपछि रोनाल्डो रियल छाडेर इटाली लागेका थिए । रोनाल्डोमा उपाधि जित्ने एक किसिमको आदत नै परिसकेको छ । जसका कारण उनको उपाधि संख्या २६ पुगेको छ ।

रोनाल्डोले पोर्चुगलको लिस्बन, इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड, स्पेनको रियल र अब इटालीको युभेन्ट्सका लागि उपाधि जितेका छन् । १७ वर्षको उमेरमा लिस्बनमा आबद्ध रोनाल्डोले त्यहाँ पोर्चुगिज सुपर कप जितेका थिए । त्यसपछि युनाइटेड पुगेका उनले त्यहाँ ९ वटा उपाधि जिते ।

पोर्चुगिज सुपर स्टारले युनाइटेडमा रहँदा तीन वटा प्रिमियर लिग उपाधि, दुईटा लिग कप, एउटा कम्युनिटी शिल्ड, एक एफए कप, एक च्याम्पियन्स लिग र एक क्लब विश्व कप उपाधि जितेका थिए । त्यसपछि उनको यात्रा रियलतर्फ अघि बढ्यो । जहाँ उनको पहिलो सिजन उपाधि विहिन रह्यो ।

यसपछि भने उनले फर्केर हेर्न परेन । रोनाल्डो सम्मिलित रियलले ९ वर्षमा दुई पटक ला लिगा, दुई वटा कोपा डेल रे, दुई वटा सुपर कप, दुई वटा युरोपियन सुपर कप, तीन वटा क्लब विश्वकप, चार वटा च्याम्पियन्स लिग गरि १५ वटा उपाधि जितेका थिए ।

व्यक्तिगत रुपमा युनाइटेडमा पहिलो पटक बालोन डी ओर जितेका रोनाल्डोले थप ४ वटा रियलमा हुँदा जितेका थिए । युभेन्ट्स पुगेको ६ महिनामै रोनाल्डो उपाधि जित्न सफल भएका छन् । उनले नजिकबाट गरेको हेड गोल नै निर्णायक भएपछि टोली उपाधि जित्न सफल भएको थियो ।

March 16, 2025

बायर्न बराबरीमा राेकियो

एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]

March 16, 2025

मिलानको पुनरागमन जित

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]

March 16, 2025

नटिङ्घमले इप्स्विचलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]

Success

Thank you for your time.