6 years ago
January 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्विडिस योहान कालिनले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको बैठकले मच्छिन्द्र क्लबका पूर्व प्रशिक्षक समेत रहेका कालिनलाई राष्ट्रिय टोली र युवा टोलीको प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । सन् २०१९ को मार्चबाट उनले जिम्मेवारी सम्हाल्ने बताएको छ ।
प्राविधिक समितिमा छलफल समेत नगरि कालिनलाई प्रशिक्षक नियुक्त गर्न लागेकोमा समितिको संयोजक रहेका उपाध्यक्ष कृष्णा थापाले असन्तुष्टी जनाएका थिए । तर, बिहीबार उनको समेतको उपस्थितिमा कालिनलाई राष्ट्रिय टोलीको प्रशिक्षण नियुक्त गर्ने निर्णय भएको छ । यससँगै कालिनले मार्च २२ देखि कतारमा हुने एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणदेखि जिम्मेवारी निर्वाह गर्ने बुझिएको छ ।
एन्फाले प्राविधिक समितिसँग यसबारे केहि छलफल गरेको छैन । यसरी आफूखुसी निर्णय गर्ने भए प्राविधिक समिति बन्नुको के अर्थ भन्दै थापाले असन्तुष्टी पोखेका थिए । विदेशी प्रशिक्षकको पारिश्रमिक नेपाल सरकारले बेर्होदै आएको छ । एन्फाले कालिनलाई ल्यायने तयारी गरेको जानकारी गराइसकेको बताइएइको छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]