6 years ago
January 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– टासी घले अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्षबाट बर्खास्त भएका छन् । बिहीबार बसेको एन्फा केन्द्रिय समिति बैठकले घलेलाई बर्खास्त गरेको हो ।
वैशाखमा नयाँ कार्यसमितिको चयन सँगै दोस्रो पटक मानार्थ अध्यक्ष बनेका घले झन्डै ८ महिनापछि बर्खास्तमा परेका हुन् । त्यसअघि नरेन्द्र श्रेष्ठको एक वर्षे कार्यकालमा पनि घले पहिलो पटक मानार्थ अध्यक्ष बनेका थिए ।
यसपटक मानार्थ अध्यक्ष चयन भएयता देखि नै घले र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत अन्य पदाधिकारीबीच असमझादरी बढेको थियो । शेर्पालगायतको प्यानललाई निर्वाचनमा सघाएपछि घले मानार्थ अध्यक्ष बनेका थिए ।
बर्खास्त हुँदा घले भने देश बाहिर रहेका छन् । व्यक्तिगत विषयलाई सार्वजनिक गरेकोले घलेलाई कार्यसमितिले बर्खास्त गरेको एन्फा अध्यक्ष शेर्पाले बताए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]