default_image

6 years ago

January 17, 2019

‘इस्को सर्वोत्कृष्ट खेलाडी’ – भान डर भार्ट

82 views

0 Bookmark

एजेन्सी – पछिल्लो समय रियल म्याड्रिडको पहिलो रोजाइमा पर्न संघर्ष गरिरहेका मिडफिल्डर इस्कोलाई रियलक पूर्व खेलाडी राफेल भान डर भार्टले सर्वोत्कृष्ट खेलाडी रहेको बताएका छन् ।

प्रशिक्षक सान्टियागो सोलारीको आगमनसँगै इस्कोले अधिकांश समय बेन्चमा नै बस्नुपर्ने अवस्था रहेको छ । इस्को पछिल्लो समय रियल छाडेर अन्यत्र जाने हल्ला चलीरहँदा पनि सोलारीले उनलाई आफ्नो पहिलो रोजाइमा राखेका छैनन् । जारी सिजन इस्कोले लिगमा ५ खेल मात्र सुरुवाती रोजाइमा खेलेका छन् ।

२६ वर्षीय मिडफिल्डर इस्कोले बुधबार लेगानेसविरुद्ध भएको कोपा डेल रेको खेल सुरुवाती रोजाइमा खेलेका थिए । तर रियल १-० ले पराजित भयो । उक्त खेलमा पराजित भएपनि पहिलो लेगमा ३-० ले जितेका कारण रियल समग्रमा ३-१ को जित दर्ता गर्दै अर्को चरणमा भने पुगेको छ ।

रियलका पूर्व खेलाडी भान डर भार्टले इस्कोले रियलमा अवसर नपाएको देख्दा आफू आश्चर्यचकित भएको बताएका छन् । ‘ मलाई आश्चर्य लागेको छ । इस्को सर्वोत्कृष्ट खेलाडी हुन् । उनको हरेक प्रशिक्षकसँग केहि समस्या हुने गरेको छ । जिदान हुँदा पनि उनको राम्रो सम्बन्ध रहेन,’ उनले भने, ‘मा जब रियलको खेल हें जान्छु उनले खेलेको छन् वा छैन हेर्छु । उनले पहिलो रोजाइमा खेलेनन् भने म घर फर्कन्छु ।’

गतवर्ष जिदानले रियल छाडेपछि जुलेन लोपेटेगुई क्लबका प्रशिक्षकमा नियुक्त भएका थिए । लोपेटेगुई ३ महिनामै बर्खास्त भएपछि रियलले सोलारीलाई जिम्मेवारी सुम्पिएको थियो । नोभेम्बरमा नियुक्त भएयता सोलारीले पनि अपेक्षित नतिजा दिलाउन सकेका छैनन् ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.