default_image

6 years ago

January 17, 2019

लेगानेससँग हारेपनि रियल म्याड्रिड क्वाटरफाइनलमा

80 views

0 Bookmark

एजेन्सी– स्पेनिस महारथी रियल मड्रिड कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा लेगानेससँग १–० ले पराजित भएपनि रियल समग्रमा ३– १ को जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएको हो ।

रियलले पहिलो लेगमा ३–० को सहज जित निकालेपनि दोस्रो लगमा भने १–० ले पराजित हुन पुग्यो । रियललाई पराजित गर्न लेगानेसका मार्टिन ब्रेथवेटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक बनेको खेलको ३०औं मिनेटमा रियलको कमजोर डिफेन्सको फाइदा उठाउदै मार्टिनले हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । १–० ले पछि रियलले खेलमा दवाव सिर्जना गरेपनि थप गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

अर्काे खेलमा एट्लेटिको मड्रिड जिरोनासँग ३–३ गोलको बराबरीमा रोकिएपछि अवे गोलको आधारमा पछि पर्दै प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको छ । समग्रमा ४–४ गोलको बराबरीको खेल भएको थियो । यता सेभिल्लाले एथलेटिको विल्वाओलाई समग्रमा ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भएको छ।

March 16, 2025

बायर्न बराबरीमा राेकियो

एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]

March 16, 2025

मिलानको पुनरागमन जित

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]

March 16, 2025

नटिङ्घमले इप्स्विचलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]

Success

Thank you for your time.