6 years ago
January 17, 2019
एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेपछि युभेन्टसले एसी मिलानलाई १-० ले पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ ।
साउदी अरेबियामा भएको खेलमा रोनाल्डोले खेलको ६१ अौं मिनेटमा गरेको हेडर गोल नै युभेन्टसलाई उपाधि दिलाउन पर्याप्त रहयो । यसै सिजनको सुरुवातमा रियल म्याड्रिड छाडेर युभेन्टस अाएका रोनाल्डोले अाफ्नो उच्च फर्मलाई बुधबार पनि कायमै राखे । उनले मिरालेम प्यानिचको पासमा गोल गर्दै युभेन्टसलाई उपाधिसम्म ल्याएका थिए ।
खेलको अन्तिम १५ मिनेट मिलान टोली १० खेलाडीमा समेटिएको थियो । फ्रान्क केसीले युभेका एम्रे च्यानमाथि ट्याकल गरेपछि रेफ्रीले रातो कार्ड दिएका थिए । पछिल्लो दुई सिजन फाइनलमा पराजित भएको युभेन्टसले बुधबार भने उपाधि जित्न सफल रह्यो ।
यससँगै युभेन्टसले सर्वाधिक ८ पटक जितेेको कीर्तिमान कायम गरेको छ । फाइनलमा पराजित एसी मिलानले पनि सात पटक उपाधि हात पारेको छ ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]