default_image

6 years ago

January 16, 2019

रुस्लान थ्री स्टार खप्तड गोल्डकपको फाइनलमा

70 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लब तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ‌। बुधबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनलमा मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २-० ले पराजित गर्दै थ्री स्टारले उपाधि भिडन्त पक्का गरेको हो ।

रुस्लान थ्री स्टारले खेलको पहिलो हाफमा दबाब बनाएपनि गोल गर्न भने दोस्रो हाफ कुर्नुपरेको थियो । १४ अौं मिनेटमा सुनील बलको कर्नरमा रन्जन विष्टको प्रहार रिबाउन्ड भएपछि अडामा डुम्बियाले गरेको प्रहार काकरभिट्टाका गोलरक्षक दीप कार्कीले बचाए ।

२१ अौं मिनेटमा थ्री स्टारका फोडे फोफानाले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । ३२ अौं मिनेटमा फोफानाको प्रहार पोस्टभन्दा बाहिर जाँदा थ्री स्टार अग्रता लिनबाट चुक्यो । फोफानाले पाएको अवसर सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित रहयो ।

दोस्रो हाफको ५३ अौं मिनेटमा थ्री स्टारको रुपेश केसीको भली प्रहार दीप कार्कीले बचाए । अर्कोतर्फ काक्करभिट्टाका एन्जल गुरुङको प्रहार अाकाशियो । ५५ अौं मिनेटमा रञ्जित धिमालको लो क्रसमा रन्जन विष्टको प्रहारले पोस्टको दिशा लिन सकेन । ६९ अौं मिनेटमा थ्री स्टारले अग्रता लियो ‌। रन्जन विष्टको क्रसमा बुद्ध चेम्जोङले दिएको हेडर पासमा ६ यार्ड बक्सभित्र अनमार्क रहेका रुपेश केसीले गोल गरे ।

८० अौं मिनेटमा थ्री स्टारले अग्रता दोब्बर पार्यो । सुनील बलले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकमा सुन्दर गोल गरे ‌। विकास राईले रन्जन विष्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले राईलाई पहेंलो कार्ड देखाएका थिए ।

उत्कृष्ट प्रदर्शन गरेका थ्री स्टारका मिडफिल्डर सुनील बल खेलको म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । विजयी टोलीका प्रशिक्षक उज्ज्वल मानन्धरले लिगको पिडा बिर्साउन मोफसलमा सुखद सुरुवात गर्न तत्पर रहेको बताए । ‘हामीले लिगमा राम्रो प्रदर्शन गर्न सकेनौं । मोफसलमा सुखद सुरुवात गर्ने लक्ष्य थियो र त्यहि पथमा अगाडी बढेका छौं । आजको खेल कठिन थियो तर खेलाडीहरुले दोस्रो हाफमा अवसर सदुपयोग गर्दै जित पक्का गरे,’ उनले भने ।

यस जितसँगै थ्री स्टारले प्रतियोगिताको उपाधि भिडन्तमा आफ्नो स्थान पक्का गरेको छ । फाइनल खेल शनिबार हुनेछ । बिहीबार दोस्रो सेमिफाइनलमा सीएमजी क्लब संकटा र नेपाल पुलिस क्लब खेल्नेछन् ।

मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.