6 years ago
January 16, 2019
एजेन्सी – लन्डन क्लब आर्सनलका भेट्रान गोलरक्षक पिटर चेकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । चेकले मंगलबार सामाजिक संजाल ट्वीटरबाट सिजनको अन्त्यसँगै सन्यास लिने घोषणा गरेका हुन् ।
सन्यासको घोषणा गर्दै ३६ वर्षीय चेकले आफुले व्यवसायिक फुटबलमा २०औं सिजन बिताएको र यो नै सन्यासको उपयुक्त समय रहेको बताएका छन् । ‘मैले व्यवसायिक फुटबल खेलेको २० वर्ष भएको छ । म सिजनको अन्तिमबाट सन्यास लिने छु,’ चेकले सन्यासको घोषणा गर्दै भनेका छन्, ‘प्रिमियर लिगमा मात्रै १५ वर्ष बिताए । मैले यहाँ सम्भव भएका सबै सफलता हात पारें । मैले हरेक सिजनमा व्यक्तिगत अवार्डहरु जित्न सफल भएको छु । म अब आर्सनलका लागि सक्दो प्रयास गर्नेछु ।’
चेकले सन् २००२ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनले १ सय २४ खेल खेलेका छन् । चेक रिपब्लिकका गोलरक्षक चेक सन् २००४ मा इग्लिस क्लब चेल्सीमा अनुबन्ध भएका थिए । सन् २०१५ मा चेक अर्काे इंग्लिस क्लब आर्सनलमा पुगेका थिए ।
चेल्सीमा ११ बर्ष बिताएका चेकले १३ उपाधि जितेका थिए । आर्सनलबाट उनले ११० खेल खेलेका छन् । उनी प्रिमियर लिगमा सबैभन्दा धेरै क्लिन सिट राख्ने गोलरक्षक हुन् । उनले प्रिमियर लिगमा २०२ क्लिनसिट राखेका छन् ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]