6 years ago
January 15, 2019
धनगढी (हाम्रो खेलकुद) – क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई पराजित गर्दै सीएमजी क्लब संकटा तेस्रो नेपाल अाइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । संकटाले १-० को जित दर्ता गर्दा एलोन म्याक्स्वेलले गरेको निर्णायक सावित भयो ।
मंगलबार धनगढी रंगशालामा खेलको दोस्रो मिनेटमा नै एलोन म्याक्सवेलले गोल गर्दै संकटालाई अग्रता दिलाए । लक्ष्मण रुचालले दिएको थ्रु पासलाई उनले सहजै गोलमा परिणत गरेका थिए । खेलको १२ औं मिनेटमा लक्ष्मण रुचालले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार गोलरक्षक गुर्लाउन्सले बचाए । पहिलो हाफको इन्जुरी समयमा दाउफिन्सका कप्तान जोसेफले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।
दोस्रो हाफको पाँचौं मिनेटमा दाउफिन्सले खेल बराबरी गर्ने मौका गुमायो । गोलरक्षक पोजिसनमा नहुँदा अार्मेलको क्रसमा जुनियरको हेडरले पोस्टको दिशा लिन सकेन । लगत्तै अर्कोतर्फ संकटाका फोफाना इब्राहिमको प्रहारलाई गोलरक्षक गुर्लाउन्सले सहजै बचाए । ५३ अौं मिनेटमा टिनाको क्रसमा नियाले ६ यार्ड बक्सभित्रबाट गरेको हेडर क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो । खेलको दुई मिनेट समय बाँकी रहँदा जुनियरको पासमा टिनाको प्रहारले पोस्टको दिशा लिन सकेन ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका कप्तान रवि सिलवालले म्यान अफ दि म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे । संकटाले अब बिहिबार हुने सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
पराजित टोलीका प्रशिक्षक आशिक थापामगरले लामो यात्रा तय गर्नुपरेको कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको बताए । ‘ हाम्रो टोलीले लामो यात्रा तय गर्नुपर्यो । भिसामा पनि केहि समस्या हुँदा खेलाडी मानसिक रुपमा पनि थकित देखिए । त्यसैले पनि हामीले अपेक्षित प्रदर्शन गर्न सकेनौं,’ उनले थपे, ‘ हामीले २० खेलाडी भनेकोमा केहि खेलाडी आउन पाएनन् । टोली अपेक्षा गरेभन्दा केहि कमजोर प्रदर्शन गर्यो ।’
संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीले आफ्नो रणनीति अनुसार खेलेको कारण नै जित हासिल गरको बताए । ‘हाम्रो रणनीति सफल हुँदा जित हासिल गर्यौं । पहिलो हाफमा थप गोल निस्कने थियो । दोस्रो हाफमा हामीले रक्षात्मक रुपमा अग्रता बढाउने निर्णय गर्यौं र सफल भयौं,’ उनले भने ।
मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्यक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । बुधबार हुने पहिलो सेमीफाइनलमा रुस्लान थ्री स्टार क्लब र मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर खेल्नेछन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]