default_image

6 years ago

January 15, 2019

भारतीय प्रशिक्षक स्टेफन कन्सटेनटाइनको राजीनामा

74 views

0 Bookmark

एजेन्सी – भारतीय फुटबल टिमका मुख्य प्रशिक्षक स्टेफन कन्सटेनटाइनले पदबाट राजीनामा दिएका छन् । एसियन कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बहराइनसँग १–० ले पराजित भएपछि कन्सटेनटाइनले सोमबार मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।

भारत समूह ‘ए’ मा ३ अंक जोडेर पुछारमा रहेको थियो । बेलयाती प्रशिक्षक कन्सटेनटाइनले प्रशिक्षक पद छाड्नु उपयुक्त समय भएको बताएका छन् । ‘मैले यो खेलपछि भारतीय टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको छु । म यहाँ चार वर्षसम्म रहे । मेरो लक्ष्य भारतलाई एसियन कपमा छनोट गराउनु थियो । त्यसमा म सफल भए । तर, एसियन कपमा प्रदर्शन राम्रो हुन सकेन,’ प्रशिक्षक स्टेफनले राजीनामा दिदै भने, ‘यो चार वर्षको अवधिमा मलाई साथ दिने सम्पूर्ण खेलाडी र भारतीय फुटबल संघलाई विशेष धन्यवाद दिन चहान्छु । जसले मलाई चार वर्षसम्म विश्वास गरेर टिममा स्थान दिइरह्यो ।’

भारतले पहिलो खेलमा थाइल्यान्डलाई ४–१ ले पराजित गरेको थियो । दोस्रो खेलमा युएईंसँग २–० ले पराजित भएको थियो । कन्सटेनटाइनले यसअघि सन् २००२ देखि २००५ सम्म भारतीय टिमलाई नै प्रशिक्षण दिएका थिए । सन् २०१५ मा कन्सटेनटाइन पुन: भारतीय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । स्टेफन नेपाली टिमको समेत मुख्य प्रशिक्षक बने ।

‘मेरो यात्रा यही सम्मको रहेछ । यो चार वर्षको अवधिमा मैले थुप्रै पाएको छु । टिम छाड्दा मलाई निकै खल्लो महसुस भइरहेको छ । अब मैले मेरो परिवारलाई पनि समय दिनुपर्नेछ । म करिव ६ वर्षदेखि परिवारसँग बस्न पाएको छैन । मेरो श्रीमतीको आज जन्मदिन थियो । मेरो तीन छोरीलाई मैले तीन महिना अघि मात्रै सामाजिक सञ्जालमा हेर्ने मौका पाएको थियो,’ पोस्टम्याचमा स्टेफनले भने । उनले यसो भनिरहँदा उनको आशु थामिएको थिएन ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.