default_image

6 years ago

January 15, 2019

भारत एसिया कपको समूह चरणबाटै बाहिरियो

91 views

0 Bookmark

एजेन्सी – भारत एसिया कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बहराइनसँग १–० ले पराजित भएसँगै भारत समूह चरणबाटै बाहिरिएको हो ।

भारतको समूह चरणको पहिलो खेलमा थाइल्यान्डलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै राम्रो सुरुवात गरेपनि त्यसपछिको दुवै खेलमा पराजित हुन पुग्यो । भारत समूह चरणको दोस्रो खेलमा युएई)सँग २–० ले पराजित भएको थियो ।

युएईस्थित सरजाह स्टेडियममा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा भरातले पेनाल्टी बेहोर्न पुगेको थियो । भारतका प्रोनी हाल्डेरले बहराइनका हामेद अल्सामसानलाई पेनाल्टी बक्समा लडाएपछि पेनाल्टीको मौका पाएको थियो । जसलाई जमल रसिदले सदुपोयग गर्दै बहराइनलाई १–० को जित दिलाए । बहराइनलाई बराबरीमा रोकेको भए भारत थाइल्याण्डलाई गोलअन्तरमा पछि पार्दै नकआउट चरणमा पुग्ने थियो । यो जितले बहराइनले अर्काे चरण पुग्ने सम्भावना जीवितै राखेको छ ।

यही समूहको अर्को खेलमा थाइल्याण्ड र युएईले १–१ गोलको बराबरीमा अंक बाँडे । युएई पाँच अंक बटुल्दै समूहको विजेता बन्दै अर्काे चरणमा प्रवेश गर्दा थाइल्याण्ड समूह उपविजेताको रुपमा अघि बढ्यो । थाइल्यान्ड र बहराइनको समान ४–४ अंक भएपनि गोल अन्तरमा बहराइन पछि पर्यो । भारत ३ अंक जोड्दै अंक तालिकाको पुछारमा रहयो ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.