6 years ago
January 15, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्राजिलियन फरवार्ड गाब्रियल जेससले दुई गोल गरेको खेलमा म्यानचेस्टर सिटीले वल्भ्सलाई ३–० ले पराजित गरेको छ ।
सिटीले घरेलु मैदानमा सोमबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको वल्भ्सलाई सहजै पराजित गरेको हो । सिटीको जितमा गाब्रियल जेससले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो ।
खेलको १०औं मिनेटमा लिरोए सानेको क्रस पासमा जेससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । १९औं मिनेटमा वल्भ्स १० खेलाडीमा समेटियो । वल्भ्सका विली बोलीले बर्नाडो सिल्भामाथि अनावश्यक ट्याकल गरेपछि रेफ्रीले रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । त्यसपछि वल्भ्स कमजोर बन्दा सिटीले यसको प्रत्यक्ष फाइदा उठायो ।
३९औं मिनेटमा सिटीका रहिम स्ट्रलिङलाई रायन बेन्नेटले पेनाल्टी बक्सभित्र फउल गरेपछि सिटीले पेनाल्टीको मौका पाएको थियो । जसलाई जेससले कुनै गल्ती गरेनन् । पहिलो हाफमा २–० को अग्रता लिएको सिटीले दोस्रो हाफमा उपहार गोल पायो ।
७८औं मिनेटमा कोनोर कोडीले आत्मघाती गोल गरेपछि सिटी ३–० ले विजयी हुन सफल भयो । सिटीका केभिड डि ब्रुयनले क्रस गरेको बललाई बचाउन खोज्दा कोनोरले बललाई आफ्नौ पोस्टको दिशा दिएका थिए ।
जितसँगै सिटीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंक दुरी चारमा झार्दै लिभरपुलमाथि दवाव बढाएको छ । सिटीको २२ खेलबाट ५३ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानमा रहेको लिभरपलुको ५७ अंक रहेको छ । सिटीसँग पराजित वल्भ्स २९ अंक जोडेर ११औं स्थानमा छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]