default_image

6 years ago

January 15, 2019

रोनाल्डो र मेसीको पथमा एमबाप्पे र नेयमार

118 views

0 Bookmark

टुरिन (एजेन्सी) – युभेन्ट्सका स्टार पाउल डीबालाले पेरिस सेन्ट जर्मेनका स्टारद्वय केलियन एमबाप्पे र नेयमार भविष्यमा क्रिस्टियानो रानाल्डो र लियोन मेसीको उत्तराधिकारी बन्न सक्ने अनुमान लगाएका छन् । रानोल्डो र मेसीले बुट थन्क्याएपछि यी दुईले त्यो ठाँउ लिन सक्ने उनको विश्वास रहेको छ ।

डीबालाले मेसी र रोनाल्डो दुवैसँग खेलिसकेका छन् । त्यस्तै उनी नेयमार र एमबाप्पेविरुद्ध पनि खेलिसकेका छन् । अर्जेन्टिनाका स्टार डीबालाले नेयमारका बारेमा भने, ‘नेयमार विश्वका उत्कृष्ट खेलाडी बन्ने बाटोमा छन् । उनी साच्चै प्रतिभावान छन् । म उनको प्रदर्शनबाट हरेक पटक चकित परेको छु । उनी उत्कृष्ट खेलाडी बन्ने बाटोमा छन् किनकि आउने दिनमा अझै थ्रुपै सफलता दिलाउनेछन् ।’

अर्जेन्टिनाका २५ वर्षे फरवार्ड डीबालाले एमबाप्पेका बारेमा भने, ‘एमबाप्पे मोनाकोमा हुँदा मैले उनीविरुद्ध खेलेको छु । युवा अवस्थामै उनले आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् । उनी ठूला खेलाडी बन्नेछन् । उनले विश्वकप जितिसकेका छन् । रसियामा फ्रान्सलाई विश्वकप दिलाउने क्रममा उनको प्रदर्शन उच्च रह्यो । उनीले लामो यात्रा तय गर्न बाँकी छ । उनले आफुलाई रोनाल्डो र मेसी जस्तै अलग रुपमा आफुलाई उभ्याउन सक्नेछन् । ‘

डीबालाले रोनाल्डोसँग युभेन्ट्समा सँगै खेलेका छन् । त्यस्तै मेसी र उनले अर्जेन्टिनाका लागि सँगै खेलेका छन् । म आफुलाई भाग्यमानी ठान्छु किनकी क्लबमा रोनाल्डो र राष्ट्रिय टोलीमा मेसीसँग खेलेको छु । तर, यी दुई खेलाडीबीच तुलना गर्न भने कठिन छ । दुवैमा अलग अलग विशेषता छ । दुवैले लामो समयदेखि उच्च प्रदर्शन गरिरहेका छन् । डीबालाले यो सिजन १० गोल गर्नुका साथै २ गोलमा एसिस्ट गरेका छन् ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.